समाचार

२ महिनादेखी फरार बुहारी सम्पर्कमा,फोनमै संतोष देउजासगँ पर्यो चर-चरी झ’ग’डा(भिडियो हेर्नुस)

बागलुङ जिल्लाको बुर्तिवाङ घर भएका मानसिंह बिक आफ्नी बुहारी ठकमाया बिक २ महिना देखी सम्पर्क बिहिन भएको भन्दै मिडियामा आएका छन । आफ्नो छोरा अहिले वैदेशिक रोजगारको लागि दुबई गएको उनले बताए । छोरा वैदेशिक रोजगारिमा गएको ३ महिना नपुग्दै यता बुहारी फरार भएको मानसंहको भनाई छ । सानि नातिनि, छोराले ऋण तिर्न भनी पठाएको १ लाख २५ हजार रुपैयाँ र श्रीमानको नागरिकता लिएर बुहारि सम्पर्क बिहिन भएको ससुरा मानसिंह बिक ले बताएका छ्न ।

घरबाट माइत जान्छु भनी हिडेकी बुहारी सम्पर्कमा नआए पछि आफुहरुले अन्य आफन्त तथा बुहारुको माईती तिर पनि सम्पर्क गर्दा नभेटिएकोले मिडियाम आएको उनले बताएका छन् । छोराबुहारी पहिले नै आफ्नु सँग छुट्टिएर बसेको मान सिंहले बताएका छ्न । बुहारी अर्कै घरमा बस्ने भएकोले सबै कुरा आफुलाई थाहा नभएको सासुरा मानसिंहले बताएका छ्न । दिदी भिनाजु आउनु भएको छ माइत जान्छु भनेर बुहारी गएको सासुराले बताएका छ्न ।

माइती घरमा फोन गरेर सोधपुछ गर्दा माइती नआएको भनी जानकारी पाएको मानसिंहले बताएका छन । छोरासँग पनि सम्पर्क नभएकोले छोराकै अनुरोधमा आफु मिडियामा आएको मानसिंहले बताएका छन् । अहिले भने ३/४ दिन देखी सम्पर्क गर्दा फोन लागेको तर फोन केटाले उठाउने गरेको श्रीमान सुरेशले फोनमा बताएका छ्न । सुरेशले पठाएको पैसा र भैंसी बेचेको पैसा लिएर बुटवल जाने गाडीमा चडेको भन्ने बुझिएको सुरेशका भिनाजुले बताएका छ्न ।

४ बजे राती बुटवल जाने गाडी चडे पछी त्यहाँको मान्छेले तपाईंको बुहारी यति राती यहाँ आएको छ कहाँ जान लागेको हो भनेर फोन गरेपछि आफुले बुहारिलाई फोन गरेर सोधेको ती भिनाजुले बताएका छ्न । फोनमा आफु माइती जान लागेको चिन्ता नगर्नु भनि बुहारीले भनेको भिनाजुले बताएका छ्न । पछि माइती लाई फोन गरेर सोध्दा माइतमा नआएको भनेपछि बुहारी फोन गरेको तर फोन न उठाएको भिनाजुले बताएका छ्न । ३ दिन सम्म फोन न उठाउने त्यसपछि फोन नै नलाग्ने बनाएको भिनाजुले बताएका छ्न ।

अहिले फोन सम्पर्कमा आएकी ठकमायाले आफु घर छोडेर नगएको बताएकी छिन । आफू ठूलो ममिको घरमा गएको तर श्रीमानले आफुलाई अनेक गाली गर्ने अपशब्द बोल्दै घरमा नबस भन्न थाले पछि आफू घर नफर्किएको उनले बताएकी छिन । श्रीमानले सधै आफुलाई त मेरो घर नबस अरु सँग नै जा भनेपछि आफू घर नफर्किएको ठकमायाको भनाई छ । अब आफू अहिले त्यसको घर नजाने र श्रीमान नेपाल आएपछि मात्र छ्लफल गर्ने उनले बताएकी छिन । (भिडियो हेर्नूस)

Related Articles

Back to top button