समाचार

चिनियाँ सेनाद्वारा यी भारतीय नागरिक अपहरण, भारतमा मच्चियो हंगामा

दिल्ली। चिनियाँ जनमुक्ति सेनाले एक भारतीय नागरिक अपहरण गरेको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्।

भारतीय राज्य अरुणाचलका एक युवकलाई हालै चिनियाँ सेनाले अपहरण गरेको अरुणाचलका भाजपा सांसद तापिर गाओले पनि पुष्टि गरेका छन्।

अरुणाचललाई चीनले दक्षिण तिब्बत भएको दाबी गर्दछ। तर भारतले अरुणाचले आफ्नो भूमि भएको र चीनले त्यसमा दाबी गर्नु गलत कार्य भएको उल्लेख गर्दै आएको छ।

अपहरण परेका युवक १७ वर्षका मिराम तारोन भएको सांसद गओले जनाएका छन्। चिनियाँ सेनाले भारतीय नागरिक अपहरण गरेको खबरसँगै भारतमा हंगामा मच्चिएको छ।

मोरङकि एक महिला जस्को बिबाह भएको १३ वर्ष बिति सक्यो । उनका दुई छोरा पनि छन । तर श्रीमानले अहिले लगातार दुई वटा सौता ल्याए पछि आफुलाई घरमा कुटपिट गर्दै घर निकाला गरेको भन्दै अहिले मिडियामा आएकी छिन । कुटपिट गरेपछी भने उनका श्रीमान फरार रहेका छन । पीडित महिलाका अनुसार उनका श्रीमान पहिले पनि वैदेशिक रोजगारीमा जाने आउने गर्दा नै आफुसग कुनै सम्पर्क नगर्ने गरेको उनले बताएकी छिन । अहिले पनि उनी त्यस्तै सम्पर्क बिहिन भएको बताइन ।

करिव ५ वर्ष अघि पनि वैदेशिक रोजगारीमा मलेसिया गएर फर्किदा उनका श्रीमानले एक जना राई थरकि महिलालाई लिएर आएको उनले बताईन । त्यतिबेला पनि विवाद भएपछी कुरा जिल्ला प्रशासनसम्म पुगेर त्यहा आफुले सौता स्वीकार गरि मिलापत्र गरेर घर आएको बताईन । तर घर आए पछि पनि आफुलाई विभिन्न तनाव दिने गरेको उनले बताईन । त्यही बिबादका बिच उनका श्रीमान ती महिलालाई लिएर गाईघाट बस्दै आएका थिए । त्यहा ति राई थरकी महिलाले आत्माहत्या गरे पछि श्रीमान अर्कै मगर थरकी महिला लिएर पुन फरार भएको उनले बताईन ।

Related Articles

Back to top button