समाचार

कुवेतमा एक नेपाली युवक मृत भेटिए

दोहा– रोजगारीका लागि कुवेत पुगेका एक नेपाली युवकको मृत्यु भएको छ । सिराहा घर भएका रमेश मण्डल आफ्नै कोठामा मृत अवस्थामा फेला परेका हुन् ।

कुवेतस्थित अल जाहारा क्लिनिङ कम्पनीमा क्लिनरका रूपमा कार्यरत मण्डल आफ्नै कोठाभित्र मृत अवस्थामा फेला परेको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।

विगत दुई वर्षअघि त्यहाँ पुगेका मण्डल कोठाभित्र झुन्डिएको अवस्थामा देखेपछि साथीहरुले कुवेत प्रहरीलाई खबर गरेका थिए ।

उनको मृत्युको कारण आत्महत्या हो या होइन भन्नेबारे कुवेत प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

मृतकको शवलाई कम्पनी तथा उनको परिवारसँग समन्वय गरेर आवश्यक कानुनी प्रक्रिया पूरा गरी जतिसक्दो चाँडो नेपाली पठाइने दूतावासले जनाएको छ

Related Articles

Back to top button