समाचार

गरिबको चपेटामा छ तर सित्तैमा केहि लिदैन्न ७१ वर्षका रिट्ठे बिश्वकर्मा (हेर्नुस् रुवाउने कथा )

सित्तैमा भेट्दा हात थाप्न अघि नसर्ने सायदै हुन्छन् । तर, कोही–कोही यस्ता पनि हुन्छन् जो सित्तैमा केही लिन चाहन्नन् । त्यहीमध्येमा पर्छन् खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका ७१ वर्षका रिट्ठे बिश्वकर्मा ।

आफन्तको बारीको कान्लामा बाँसको भाटाले बारेको, खरको छाना हालेको सानो झुपडीमा बस्छन् उनी । ढाड बाहिर निस्कँदा कुप्रो परेका रिट्ठे शारीरिकरुपमा अशक्त छन् । बिहे गरेको चार वर्षमै श्रीमतीको मृत्यु भएपछि उनी झुपडीमा एक्लो छन् । एक्लो ज्यान, त्यसमाथि

एक्लो मेहनतले उत्पादन भएको अन्नले पाँच/छ महिना धान्न धौ–धौ पर्छ । उनले चोयाबाट चित्रा, फुङगा, चुइयाँ बुनेर आउने आम्दानी जोडजाड गरेर वर्ष कटाउँने गरेका छन् । न राम्रो खाने व्यवस्था न बस्ने ठाउँकै । त्यही पनि उनी आफ्नै जीवनशैली रमाइरहेका छन् ।

झुपडीमा अभावै अभाव छ तर अरुले दया गरेर दिएको जुनसुकै चिज ठाडै अस्वीकार गर्छन् । शारीरिक रुपमा अशक्त भएकाले उनलाई तत्कालिन गाबिसबाट सामाजिक सुरक्षाभत्ताको व्यवस्था गरियो । तर, त्यो बेला रिट्ठेलाई भत्ता बुझ्नका लागि तयार पार्न तत्कालिन वडाध्यक्ष जगुमान बिश्वकर्मालाई हम्मे–हम्मे पर्‍यो

मलेसियामा आठ बर्षसम्म कष्टकर जिबन बिताएर हालसालै नेपाल फर्किएका मोदनाथ तिमल्सिनाका कान्छा छोरा बिरेन्द्र तिमल्सिना बिगत ११ महिनादेखी बेपत्ता थिए । मिडियाको सहयोगमा आज उनी ११ महिनापछी फेला परेका छ्न र आज उनी मिडियासामु आएका छ्न । ओखलढुंगाको एउटा गाउमा एकदमै बि”जोग अबस्थामा उनी फेला परेका छ्न ।

मोदनाथ तिमल्सिना र देबकी तिमल्सिना भने कान्छा छोरा बिरेन्द्र हराएसगै उनकै चिन्तामा म”र्नु न बाच्नु भएका छ्न । आफुलाइ गाउँ गएर बाबुआमालाइ भेट्न एकदमै मन लागेको कुरा पनि उनले बताए । यसअघि उनी काठमाडौंको बल्खुको एउटा होटलमा काम गर्ने गरेको कुर पनि उनले खुलाए । होटलमा काम गर्दा आफुले निकै दुखहरु र या”तनाहरु झेल्नुपरेको बताउछ्न उनी ।

Related Articles

Back to top button