समाचार

चर्चित अभिनेत्रीको शव बोरामा भेटियो, दु,ई टुxक्रा पारिएको थियो

एजेन्सी । आइतबारदेखि बेपत्ता बंगलादेशी अभिनेत्री राइमा इस्लाम शिमुको शव एउटा बोरामा बाँधिएको अवस्थामा फेxला परेको छ ।

शिमुलाई दुई टु,क्रा बनाएपछि उनको शव बोरामा बन्द गरेर फ्याँकिएको थियो । प्रहरीका अनुसार शव ढाकाको केरानीगंजको आलियापुरको क्षेत्रमा हजरतपुर ब्रिजसँगै सडक किनारामा सोमबार बिहान फेला परेको थियो ।

३५ वर्षीया अभिनेत्रीको गर्धनमा निशाना पाइएको छ । यो घटनालाई लिएर प्रहरीले उनका पतिसमेत ६ जनालाई हिरासतमा लिएको छ ।

मंगलबार दिउसो ढाका प्रहरीले एक पत्रकार सम्मेलनमा पति सखावत, उसका साथी र ड्राइभरलाई तीन दिनको हिरासतमा लिइएको बताएका छन् । हिरासतका क्रममा उनका श्रीमानले घरेलू विवादका कारण पत्नी रायमाको हत्या गरेको स्वीकार गरेका छन् ।

रायमा बंगलादेशको राजधानी ढाकाको ग्रीन रोड क्षेत्रमा आफ्नो पति र दुई सन्तानसहित बस्दै आएकी थिइन् । शिमु आइतबार बिहान सुटिङका लागि घरबाट निस्किएकी थिइन् ।

यसपछि उनीसँग जतिपटक सम्पर्क गर्न खोज्दा पनि फोन सम्पर्क हुन सकेको थिएन । उनका सन्तानले भने आमा सुटिङमा व्यस्त भएको सोचे ।

पछि रायमाको शरीर दुई टुक्रामा हजरतपुर पुलसँग सडक किनारामा बरामद भयो । प्रहरीले शवको पोष्टमार्टमका लागि मिडफोर्ड अस्पताल पठाएको छ ।

मृत शरीर फेला परेपछि शिमुका भाइ शाहिदुल इश्लाम खोकानले उनको पतीविरुद्ध मुद्दा दर्ता गराएका थिए । ढाका जिल्ला प्रहरी अधिकृत मारुफ हुसेन सरदारले भनेका छन्, ‘पती र उनका साथी फरहादसहित ६ जनालाई शिमुको हत्या गरेको आरोपमा हिरासतमा लिइएको छ । पछाडिको सीटमा रगत लतपतिएको एउटा कार पनि जफत गरिएको छ ।’

नेदरल्यान्ड्सको पुरमेरेन्डमा आइतबार साँझ स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका एक नेपालीको उपचारको क्रममा मृत्यु भएको छ । दाङ घर भई नेदरल्याण्ड बस्दै आएका ५६ वर्षीय विकास शर्माको एम्स्टर्डम मेडिकल कलेजमा आइतबार राति नै उपाचारको क्रममा मृत्यु भएको हो । मृतक शर्माका श्रीमती, एक छोरा र एक छोरी नेदरल्यान्ड्समा नै रहेका छन्।

एनआरएनए नेदरल्याण्डस पूर्वअध्यक्ष मनोहरी शर्माका अनुसार पैदलयात्रा गरिरहेका उनलाई तीव्र गतिमा गुडेको स्कुटरले ठक्कर दिएको थियो। ‘आफ्नै पसलबाट घर फर्केने क्रममा दुर्घटना भएको हो । ‘बसबाट झरेर उहाँ घरतर्फ जादै हुनुहुन्थ्यो। दुर्घटनालगत्तै हेलिकप्टरमार्फत अस्पताल पु-याइएको थियो । तर उपाचार हुँदै गर्दा उहाँको निधन भएको हो,’ पूर्वअध्यक्ष शर्माले भने।

गम्भीर चोट लागेर घाइते भएका शर्माको टाउकोको शल्यक्रिया गरिएको भए पनि सफल हुन नसकेको पारिवारिक स्रोतले जनाएको छ। स्कुटरमा सवार दुई जना पनि घाइते भएको बताइए पनि घटनाबारे प्रहरीको आधिकारिक रिपोर्ट प्राप्त भइनसकेको शर्माले बताए।

विगत १६ बर्षदेखि नेदरल्यान्ड्समा बस्दै आएका शर्मा व्यवसायमा पनि संग्लग्न थिए । उनी नेपाली कांग्रेसको १३औं महाधिवेशनमा नेपाली जनसम्पर्क समिति नेदरल्यान्ड्सबाट महाधिवेशन प्रतिनिधिको रुपमा पनि चुनिएका थिए ।

एनआरएनए युरोप क्षेत्रीय संयोजक नारायण आचार्यले शर्माको मृत्युप्रति दु:ख व्यक्त गर्दै नेदरल्यान्ड्सले मात्रै नभई सिंगो युरोपले नै एक सामाजिक व्यक्तित्व गुमाएको बताए। आचार्यका अनुसार मृतक शर्माको बुधबार नेदरल्याड्समा अन्तिम बिदाइ सहित अन्त्येष्टि गरिँदैछ ।

प्रतिक्रिया

Related Articles

Back to top button