समाचार

साउदी स्थीत नेपाली महावाणिज्यदुत सत्रुधनले गरे देशकै बेइज्जत हुने दलाली काम

काठमाडौँ, विभिन्न मुलुकमा रहेका राजदूतवास, महावाणिज्यदूत र अन्य कुटनैतिक नियोगका प्रमुख र त्यहाँ कार्यरत कर्मचारीहरूले मुलुकको बदनाम हुने गरेर आर्थिक लाभ लिने कार्य गर्नु हुँदैन ।

तर परराष्ट्र मन्त्रालयमार्फत विदेशस्थित नियोगहरूमा कार्यरत केही कर्मचारी मुलुककै बेइज्जत हुने गरि दलालीमा लिप्त भएको प्रमाण फेला परेको छ ।दलाली गर्नेहरूमध्येका एक हुन् साउदी अरबको जद्दास्थित महावाणिज्य दूतावासमा कार्यरत महावाणिज्यदूत सत्रुधनप्रसाद पोखरेल ।नेपालको राम्रो श्रम गन्तव्यको रुपमा रहेको साउदी अरबमा कोरोना महामारीपछि रोजगारीका अवसरहरू निकै बढेको छ ।पोखरेलले यही मौकामा नेपालका केही म्यानपावर व्यसायीसँग मिलेर एउटा कम्पनीमा आएका मागपत्रलाई रोकेर राख्ने र रोजगारदाता कम्पनीलाई प्रत्यक्ष भेट्ने, फोन गर्ने र त्यो कम्पनीमा हुँदैन मैले भनेको कम्पनीलाई दिएमा सहजरुपले काम गरिदने गरेको स्रोतले जनाएको छ ।

पोखरेलले अन्यथा काम नहुने भनेर रोजगारदातालाई धम्काइ नेपालमा आफूले सेटिङ गरेका म्यानपावरलाई मागपत्र दिइ व्यक्तिगत फाइदा लिइराखेको आरोप छ ।पोखरेलका कुटनैतिक मर्यादाविपरित र पदीय गरिमा विपरितका कार्यले एकातर्फ राष्ट्रको नै बेइज्जत भइराखेको छभने अर्कोतर्फ स्वच्छ हिसावले व्यवसाय गरेका म्यानपावर व्यवसायी प्रताडित भएका छन् ।पोखरेलको यस्तो कार्यको केही म्यानपावर व्यवसायीले विरोध गर्दा उनले आफू कांग्रेसको केन्द्रीय सदस्य डा गोविन्द पोखरेलको भाई भएको र मुख्यसचिव शंकरदास बैरागी तथा परराष्ट्र सचिव भरतराज पौडेलको नजिकको भान्छे भएको भनेर धम्काउने गरेको पीडित व्यवसायीहरूको भनाइ छ ।

पोखरेलले आफूलाई कसैले केही भन्न नसक्ने र बरु आफ्नो विरोध गर्ने म्यानपावर कम्पनीको काम नै बन्द गराइदिने धम्की दिने गरेका छन् ।पोखरेलले नेपालमा रहेका अक्सफोर्ड, ब्लु मुन र लुलु म्यानपावर कम्पनीसँग सेटिङ मिलाएर अन्य कम्पनीको मागपत्र ती म्यानपावरमा दिलाएर आफ्नो स्वार्थ पूरा गरिराखेका छन् ।पोखरेलले कुन–कुन कम्पनीका माग पत्र नेपालका ती म्यानवापरलाई दिएका छन् रु त्यसको विस्तृत विवरण क्रमशः समाचारमा प्रकाशित गरिनेछ ।पोखरेलले साउदी अबरमा नेपाली व्यवसायीमाथि गरेको ज्यादती र हर्कतको भण्डाफोर गर्न केही व्यवसायीहरू प्रधानमन्त्री शेरबहादुर देउवासम्म पुग्ने तयारीमा छन् ।

Related Articles

Back to top button