समाचार

टिकटकमा भा;;इरल पेन्टरवाली पनि आईन मिडियामा : आमा नहुँदाको पि;डा;ले छ;ट;प;टी हुन्छ’ भन्दै रो;ई;न ‘ भिडियो सहित

सामाजिक संजाल टिकटकमा आफ्नो काम बाटै भाइरल हुनेहरु थुप्रै छन । बेला बेलामा यस्तै तवरले भाइरल हुनेमा पर्छिन कान्छी राई नामले चिनिने आयुस्मा राई । घरमा रङ लगाउने काम गर्दै आएकी कान्छी अहिले टिकटकमा निकै भाइरल छिन । अधिकांश महिलाहरु बाहिरी काममा लागेको त्यति देखिदैन । महिलाहरु कमजोर हुने र बाहिरि काम खासै गर्न सक्दैनन भन्ने धेरैको मानसिकता हुन्छ । तर यस्ता थुप्रै महिलाहरु छन जो जस्तोसुकै काम पनि गरेर देखाउने क्षमता राख्छन ।

काम कस्ले गर्ने कस्ले नगर्ने भन्नू भन्दा पनि इच्चा लाग्ने नलाग्ने महत्त्वपूर्ण भएको कान्छिको बुझाई छ । जुनसुकै काम पनि आफ्नो इच्छाशक्ति अनुसार भए गर्न सकिने उनि बताउँछिन । काम सानो ठूलो भनेर हिड्ने गरे जुनसुकै काम पनो गर्न नसकिने उनी बताउँछिन ।आफू काठमाडौ आए पछि विभिन्न कामहरु गर्दै अहिले रंग लगाउने काम गर्न थालेको कान्छीले बताईन । आफू रहरले नै यो काम सुरु गरेको उनको भनाई छ । पहिले आफू घर बनाउने ठाउँमा मजदुरी गर्ने गरेको उनले बताईन ।

त्यही बेला देखि नै आफुले रंग लगाएको देख्ने गरेको र आफुलाई पनि रहर लागेर सिकेको उनले बताईन । अहिले ५ वर्ष देखि आफू यहि काममा रहेको उनको भनाई छ । आफ्नो इच्छाशक्ति भए छिटै काम सिक्न सजिलो हुने र राम्रोसगँ गर्न पनि सकिने उनले बताईन । आफुलाई कुनै काम ठूलो सानो भन्ने नलाग्ने गरेको कान्छी बताउँछिन । आफू सबै कामलाई सम्मान गर्ने उनको भनाई छ । त्यसैले पनि आफुले गर्ने कामको भिडियो टिकटकमा पोस्ट गर्ने गरेको उनले बताईन ।

Related Articles

Back to top button