समाचार

गीत गाउँदा गाउँदै स्टेजबाट गर्ल्याम्मै लडे प्रमोद खरेल (भिडियोसहित)

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहरपछि नेपालमा मनोरञ्जन क्षेत्र केही हदसम्म जुरमुरायो। त्यसबीचमा केही फिल्महरु रिलिज पनि भए।

सगंगीतिक क्षेत्र भने राम्रैसँग सलबलायो। गायक गायिकाहरु सांगितीक कार्यक्रममा निकै व्यस्त भए। तीमध्ये पनि गायक प्रमोद खरेललाई भ्याइनभ्याइ नै भयो। उनी गीत रेकर्डिङदेखि लिएर स्टेज कार्यक्रममा निकै व्यस्त रहे।

उनी महोत्सवदेखि लिएर सांगितीक कन्सर्टहरुमा सहभागी भइ आफ्नो प्रस्तुती दिए। हाल प्रमोदको एक भिडियो भाइरल भएको छ। उनी गीत गाउँदा गाँदै स्टेजबाट गर्ल्याम्मै लडेका छन्।

यो भिडियोलाई टिकटकमा धेरैले हेरेका छन् भने प्रतिक्रिया पनि दिएका छन्। प्रमोद पथरीमा भएको म्यूजिकल कन्सर्टमा गीत गाउँदा गाउँदै लडेका हुन्। ‘म बिना कसैकैलाई मुश्किल छ पोखरामा’ भन्ने गीत गाउँदै पछि सरिरहेका उनी स्टेजको छेउमै पुग्दा पछाडिपटि खसेका हुन्।

भिडियोमा उनको लडाइ हेर्दा चोटपटक नै लागेको आँकलन गरिएको छ। यसबारेमा प्रमोदले आधिकारिक रुपमा कुनै प्रतिक्रिया दिएका छैनन्।

 

Related Articles

Back to top button