समाचार

बे’ली डान्स गरेकै कारण एक शिक्षिकाले जागिरसँगै पति पनि गु माइन्

हाल इजिप्टकी एकजना शिक्षिकाले बे’ली नृत्य गरिरहेको भिडियो भा इरल भइरहेको छ । जसलाई लिएर महिला अधिकार र मुलुकको सामाजिक रूढीवादी मूल्य र मान्यताबारे राष्ट्रिय स्तरमै बहश सुरु भएको छ । यसरी सार्व जनिक स्थानमा नाचेकै कारण आया युसेफ नामक शिक्षिकाले जागिर र परिवार दुवै गु’माउनु परेको छ । उनलाई विद्यालयले नोकरीबाट हटाएको छ भने उनका पतिले उनीसँग सम्ब’न्ध वि’च्छेद गरेका छन् ।

विश्व प्रसिद्ध नाइल नदीमा पानी जहाजमा भइरहेको एक सामाजिक कार्यक्रम दौरान उनी नाच्दै गर्दा एकजना सहकर्मीले उनको अनुमतिविनै भिडियो खिचेका थिए । भिडियोमा अन्य पुरुष शिक्षक तथा कर्मचारीहरू सामु संगीतको धुनमा आया म’स्तसँग नाचि रहेको देखिन्छिन् । ‘बे’ली डान्सिङ’ इजिप्टमा फराओकालदेखि नै अस्तित्व र चर्चामा रहँदै आएको छ । तैपनि महिलाहरूले यसलाई सार्वजनिक स्थलमा प्रस्तुत गरिँदा प्रायशः विरो’ध तथा विवा’द हुने गरेका छन् ।

भिडियोमा नदी यात्राको क्रममा इ’स्लामि’क हेडस्कार्फ र लामा बा’हुला युक्त पोशाक लगाएर नाचिरहेकी आया पश्चिमी खुल्ला संस्कृति भन्दा निकै फरक टाढा देखिन्छिन् । तै पनि गत साता अरव सामाजिक संजालमा यो भिडियो भा’इरल भए पछि भने रुढिवादी इजिप्सियनहरुले विरो’ध र टिका टिप्पणी गर्न थालेका हुन् । आयाको नृत्यको विरो’ध गर्दै एकजना ट्वि’टर प्रयोगकर्ताले लेखेका छन्, “उनले ल’ज्जा’स्पद काम गरेकी छन् ।

यस नृत्यले हाम्रो गए गुज्रेको जमानालाई सम्झाइ दिएको छ । त्यतिबेला जे पनि गर्ने छुट थियो ।” अर्का एक जनाले टिप्पणी गरेका छन्, “शिक्षाको स्तर निकै गिरेको छ इजिप्टमा । सम्बन्धित निकायले यस्ता गतिविधि माथि हस्त’क्षेप गर्नु पर्दछ ।” आयालाई नाइल डे’ल्टाको दाकाहलिया गवोर्नेरेट स्थित एउटा प्राथमिक विद्यालयबाट निष्का’सित गरिएको हो । उनले लामो समयदेखि त्यहाँ अरवी भाषा अध्यापन गर्दै आइरहेकी थिइन् ।

आयाले आगामी जीवनमा कहिल्यै पनि बेली डा’न्स नगर्ने वाचा गरेकी छन् । उनले बारम्बार आफूलाई आ’त्म ह-त्या गर्ने सोच आएको समेत बताएकी छन्। उनले नाइल नदी किनारको जहाजको दस मिनेट लामो आफ्नो यस नृ’त्यले जीवनै तह’श नह’श पारेको पत्रकारहरूलाई बताएकी छन् । इजिप्टका महिला अधिकारवादी समूहहरूले उनले कुनै ग’ल्ती नगरेको भन्दै उनले न्याय पाउनुपर्ने बताएका छन् । फाईल तास्बिर

Related Articles

Back to top button