समाचार

सानी छोरीसंग खेलेर बाइ बाई छोरी भन्दै हिँडेका सरोज, त्यसपछि घर फर्कन पाएनन् , (हेर्नुस् )

नेपाली सेनाको कालीबहादुर गण चितवनबाट करिब अढाइ वर्षअघि नै १००७९२ नम्बरको एसएमजी ग’न हरायो । सो गन चोरी गरेको आरोपमा प’क्रा’उ परे नेपाली सेनाका सिपाही सरोज र अमल्दार लबकुमार गुरुङ । उनीहरूलाई सैनिक हिरासतमा चार महिनाको या’तना’पछि पुर्पक्षका लागि का’रा’गार चलान गरिए पछि अहिले चितवन कारा’गार’मै छन् ।

तर चार महिना ठूलो या’त’ना र वर्षैको जेल बसाई पछि उनीहरु निर्दोश रहेको पु’ष्टि भएको छ । सो ग’न अर्कैले चोरेको पाइएको हो । आफ्ना श्रीमान करिब अढाइ वर्ष जेलमा

हुँदा र सेनाको हिरासतमा या’त’ना सहेको थाहा पाउँदा श्रीमतीको मन छि’याछि’या हुन्थ्यो ।तीन महिना मात्र भएकी सानी छोरीसंग खेलेर बा’इ बाई छोरी भन्दै हिँडेका सरोज तामाङ त्यसपछि घर फर्कन पाएनन् । ०७५ पुस १ गते अन्तिम प’टक घरवाट हिँडेका थिए।

झुटो आरोपमा प’क्रा’उ परेका उनीहरुले चार महिना सै’निक हि’रा’सतमा बिताएको या’त’ना थाहा पाएर आमाबुवाको मन कहालिएको छ । सरोजले आफुले पाएको या’त’ना सम्झदै भने, एकपटक त हामीलाई आँखामा प’ट्टी, हातमा ह’तक’डी लगाएर जंगलमा ल’गियो।

फा’यरि’ङ गरियो। अनि भनियो– ‘तेरो साथी ल’ब’कुमार म’र्‍यो।’ त्यसपछि बन्दुक कहाँ छ, अब तँ भन्, नत्र तलाई पनि मा’र्दि’न्छु भन्दै मलाई ध’म्क्या’इयो। त्यतिमात्रै होइन, तेरो श्रीमतीलाई दि’ल्ली लगेर बे’च्दि’न्छु, छोराछोरी बे’च्दि’न्छु, अनेक भनेर तर्साइयो।

यस्तो कुरा थाहा पाएपछि सानी काखको छोरी छोडेर जागिरमा जाने गरेकी उनकी श्रीमती उर्मिला अफिस जान छोडिन् । कतै आफुलाई लगेर बेचिदिने होकी भन्ने उनको मनमा त्रा’स रहन्थ्यो । तीन महिना हुँदा बुवाले छोडेकी छोरी अहिले ४ वर्षकी हुन लागिन् ।

छोरीले बाबा खै भन्दा उनले मन थाम्न सक्दिनन् । सुत्केरी अवस्थामा आराम गर्नुपर्ने र पोशिलो खानेकुरा खानुपर्ने बेलामा उर्मिला त्रासमा बस्नुपर्यो । सेनाको डरले भएको जागिर छोडेर घर भित्रै बस्नुपर्दा उनी कहालिइन् ।

Related Articles

Back to top button