समाचार

माघ १ गतेबाट देशब्यापी लकडाउन ?,हेर्नुस मन्त्रालयको सुचना

पछिल्लो एक सातायता को’रोनाभाइरस (को-भि’ड–१९) को नयाँ भेरियन्ट ओ’मिक्रोन संक्रमितको संख्या बढ्न थालेपछि सरकारले देशैभर उच्च स्वास्थ्य सतर्कता अपनाएको छ । शुक्रबार जिन सिक्वेन्सिङ गर्दा २४ जनामा ओ’मिक्रोन भेटिएको थियो ।

ओ’मिक्रोन भेरियन्ट भेटिएसँगै दैनिक झन्डै एक हजारको संख्यामा संक्रमित भेटिन थालेपछि सरकारले उच्च सतर्कता अपनाएको हो ।भारतमा दैनिक झन्डै एक लाख संक्रमित भेटिन थालेसँगै खुला सिमाना जोडिएको नेपालमा पनि संक्रमितको संख्या ह्वात्तै बढेको हो ।

संक्रमितको संख्या बढेपछि शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको को-भि’ड–१९ सं’कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठकले सा’वधानी अपनाउन निर्देशन दिएको थियो ।

संक्रमणको तेस्रो लहर फैलने त्रा’स बढेपछि बसेको सीसीएमसीको बैठकमा को’रोनाको बढ्दो संक्रमण रोकथामका लागि सजगता अपनाउने, सिमानामा होल्डिङ सेन्टर सञ्चालन गर्ने, भारतबाट फर्किएकाको एन्टिजेन परीक्षण र पी’सीआर गर्ने, तत्काल स्वास्थ्य संरचना बनाउने, भारतबाट फर्किएकालाई आइसोलेसनमा राख्नेलगायतको निर्णय भएको थियो ।

बैठकमा स्मार्ट लकडाउन अर्थात् भी’डभाड हुने क्षेत्र विद्यालय, सिनेमा हल, डान्स, डिस्को, चिडियाखानालगायतका क्षेत्र बन्द गर्ने सम्बन्धमा पनि छलफल भएको थियो । सरकारले एक साताको तथ्यांक विश्लेषण गरी स्मार्ट वा पूर्ण कुनचाहिँ लकडाउन गर्ने भन्ने निर्णय गर्ने बताइएको छ ।

संक्रमितको संख्या बढ्दै गएमा पुनः छलफल गरी निर्णय गर्ने तयारी छ । फेरि लकडाउन गरे एक वर्षअघि खुलेको विद्यालय पुनः बन्द हुने त्रा’स बढेको छ। भर्खरै फ’स्टाउन थालेको पर्यटन व्यवसायमा पनि अ’न्योलता छाएको छ।

Related Articles

Back to top button