समाचार

टिकटकमा भाइरल हँसिली पेन्टिङवालीको रुवाउने कथा(भिडियो हेर्नुस

सामाजिक संजाल टिकटकमा आफ्नो काम बाटै भाइरल हुनेहरु थुप्रै छन । बेला बेलामा यस्तै तवरले भाइरल हुनेमा पर्छिन कान्छी राई नामले चिनिने आयुस्मा राई । घरमा रङ लगाउने काम गर्दै आएकी कान्छी अहिले टिकटकमा निकै भाइरल छिन । अधिकांश महिलाहरु बाहिरी काममा लागेको त्यति देखिदैन । महिलाहरु कमजोर हुने र बाहिरि काम खासै गर्न सक्दैनन भन्ने धेरैको मानसिकता हुन्छ । तर यस्ता थुप्रै महिलाहरु छन जो जस्तोसुकै काम पनि गरेर देखाउने क्षमता राख्छन ।

काम कस्ले गर्ने कस्ले नगर्ने भन्नू भन्दा पनि इच्चा लाग्ने नलाग्ने महत्त्वपूर्ण भएको कान्छिको बुझाई छ । जुनसुकै काम पनि आफ्नो इच्छाशक्ति अनुसार भए गर्न सकिने उनि बताउँछिन । काम सानो ठूलो भनेर हिड्ने गरे जुनसुकै काम पनो गर्न नसकिने उनी बताउँछिन । आफू काठमाडौ आए पछि विभिन्न कामहरु गर्दै अहिले रंग लगाउने काम गर्न थालेको कान्छीले बताईन । आफू रहरले नै यो काम सुरु गरेको उनको भनाई छ । पहिले आफू घर बनाउने ठाउँमा मजदुरी गर्ने गरेको उनले बताईन ।

त्यही बेला देखि नै आफुले रंग लगाएको देख्ने गरेको र आफुलाई पनि रहर लागेर सिकेको उनले बताईन । अहिले ५ वर्ष देखि आफू यहि काममा रहेको उनको भनाई छ । आफ्नो इच्छाशक्ति भए छिटै काम सिक्न सजिलो हुने र राम्रोसगँ गर्न पनि सकिने उनले बताईन । आफुलाई कुनै काम ठूलो सानो भन्ने नलाग्ने गरेको कान्छी बताउँछिन । आफू सबै कामलाई सम्मान गर्ने उनको भनाई छ । त्यसैले पनि आफुले गर्ने कामको भिडियो टिकटकमा पोस्ट गर्ने गरेको उनले बताईन ।

आफुलाई थुप्रैले रंग लगाएको पनि के देखाएको होला भन्ने गरेको कान्छी बताउँछिन । तर आफुले गरेको काम प्रती आफुलाई संतुष्टी मिल्ने गरेको उनको भनाई छ । अफिसको घुम्ने कुर्सिमा बसेर कम्प्युटर चलाउने मात्र काम हुने अरु काम नै होइन जस्तो धेरैले गर्ने गरेको उनले बताईन । अफिसमा बसेको मात्र भिडियो बनाउन हुने अरु नहुने होइन भन्दै आफुले गर्ने काम सबैलाई ठूलो नै लाग्ने भन्दै आफू आफ्नो कामको सम्मान गर्ने कान्छी बताउँछिन ।

सानैमा बाबू बितेपछि आफुले सानै उमेर देखि नै काम गर्दै आएको कान्छिले बताईन । अहिले आमा पनि साथमा नहुदाँ धेरै पीडा हुने उनले बताईन । दुई वर्ष अघि बाट आमा सम्पर्क बिहिन भएको उनको भनाई छ । आफुले मोबाइल किनेर दिएको र काठमाडौ कै सितापाइलामा बस्ने गरेको उनले बताईन । तर अहिले भने त्यो ठाउँमा पनि आमा नभएको र उक्त नम्बरमा फोन पनि नलाग्ने गरेकोले आमाको यादले धेरै सताउने गरेको कान्छिको भनाई छ । दाईले बिबाह गर पछि आमा काठमाडौं बस्ने बताए पछि काठमाडौ ल्याएको उनको भनाई छ । तर अहिले कसैको सम्पर्कमा नभएको उनले बताईन् । (भिडियो हेर्नुस)

Related Articles

Back to top button