समाचार

ऋण लागेर दाङ देखि विदेश जान हिंडेका श्रीमान काठमाडौं आएर श्रीमतीको फेसबुकको प्रोफाइल खोलेर हेर्दा जे देखे,

ऋण लागेर दाङ देखि विदेश जान हिंडेका श्रीमान काठमाडौं आएर श्रीमतीको फेसबुकको प्रोफाइल खोलेर हेर्दा जे देखे,

यो घटना दाङ तुलसीपुरको हो । एक जना पुरुष श्रीमती र छोरीलाई बिचल्ली पारेर हराए । अर्की महिला लिएर हिडेपछि घरमा श्रीमती र सानी छोरीको बिचल्ली भएको छ । २३ वर्षको सानै उमेरमा सानो छोरीको जिम्मेवारी कसरी लिने भन्ने समस्या पनि उनको अगाडी छ । उनका श्रीमान गंगाराम केसी अहिले भारतमा रहेको खुलेको छ । पाँच वर्ष सम्म उनले श्रीमती र छोरीको खोजी गरेनन् । तर श्रीमती मिना केसी मिडियामा आएपछि गंगाराम पनि टेलिफोन सम्पर्कमा आएका हुन् । हिमान्चलको सिम्लामा आफु रहेको उनले बताएका छन् ।

फोन सम्पर्कमा आएका गंगारामले उल्टै श्रीमतीलाई नै आरोप लगाएका छन् । श्रीमतीले नै आफुलाई धोका दिएर अरु कुनै ब्यक्तिसंग नजिकिएको थाहा पाएपछि यस्तो निर्णय लिएको बताएका छन् । आफु वैदेशिक रोजगारीका लागि वाहिर (साउदी अरव) गएर आए पछि आफुले त्यस्तो धोका पाएको भनाई छ ।

विदेश जाँदा लागेको ऋण तिर्न नसकेपछि काठमाडौमा बसेर केही महिना सम्पर्क विहिन भएको बेलामा श्रीमतीले फेसवुमा अन्य ब्यक्तिसंगको तस्बिर राखेको आफुले देखेपछि आफुलाई पनि रिस उठेको बताएका छन् । त्यती बेला आफुले अर्को विवाह गरिसकेको र त्यसको जानकारी जेठो श्रीमतीलाई नभएको उनको भनाई छ । कान्छि श्रीमतीलाई पनि आफु विवाहित थिए भन्ने बारेमा नबताएर झुटो बोलेर विवाह गरेको भएर आफु सम्पर्क विहिन भएको बताए । उनले जेठी श्रीमतीलाई थाहा नदिएर जग्गा जमिन बेचेको आरोप स्वीकार गरेका छन् ।

लक्ष्मीले बताएका यी पाँच प्रकारका व्यक्ति, जसको घरमा धनको बास हुँदैन !
समुन्द्र मन्थन भन्दा पहिला स्वर्गका देवताहरु निर्धन भएका थिए । देवराज इन्द्रले लक्ष्मीको स्तुति गरेपछि धनकी देवी लक्ष्मी खुशी भएर इन्द्रलाई द्धादशाक्षर मन्त्र दिनको तीनपल्ट पाठ गर्न सुझाएका थिए ।विष्णुपुराणमा इन्द्रले धनकी देवी लक्ष्मीको स्तुति गरेका थिए । देवराज इन्द्रको अनुरोधमा देवी लक्ष्मीले मनुष्यमाथि कृपा गर्ने तर यी पाँच चीज घरमा भएमा धनको नोक्शान हुने बताएकी थिइन् ।

थाहापाउनुस् धनकी देवी लक्ष्मीले बताएका ती पाँच प्रकारका व्यक्ति जसको घरमा धनको बास रहन सक्दैन् ।काम भावना: जुन घरमा स्त्री पुरुष अत्याधिक कामवासनामा लिप्त रहन्छन् त्यो घरमा धर्मको उपेक्षा हुने गर्छ । त्यस्तो घरमा लक्ष्मीको लामोसमयसम्म बास रहन सक्दैन् । अहंकारः जुन घरका मानिस अहंकार गरेर बस्छन् त्यहाँ अज्ञानता र क्रोध बढ्ने गर्छ । यस्ता घरमा पनि लक्ष्मीको बास हुनसक्दैन ।

लोभः लोभ लालचमा लिप्त भएको व्यक्तिको घरमा पनि लक्ष्मीको बास हुन सक्दैन । शास्त्रमा ‘लोभस्य पाप कारणम्’ भनि उल्लेख पाइन्छ हिंसाः जुन घरमा धेरै मासु,माछा को प्रयोग हुन्छ त्यहाँ पनि लक्ष्मीको बास हुन सक्दैन ।स्त्रीको अपमानःस्त्रीलाई अनादर हुने घरमा पनि लक्ष्मीको बास नहुने कथन छ । स्त्रीको अपमानः स्त्रीलाई अनादर हुने घरमा पनि लक्ष्मीको बास नहुने कथन छ । यसैगरी यदि घरमा बास्तु मिल्ने हो भने त्यो घरमा अशान्ति र दुख कहिल्यै हुदैँन ।

बास्तुले घरमा सकारात्मक र नकारात्मक उर्जा दिने गर्दछ । घरमा नराम्रो उर्जा पैदा गर्ने विभिन्न कारक तत्वहरुलाई बास्तुले निष्किृय तुल्याउँछ त्यसैले घरमा बास्तुलाई मिलाउनु अत्यन्तै जरुरी छ ।यी ८ कुरामा ध्यान दिुनुस् घरमा सँधै सुख शान्ति हुन्छःघरमा रहेको पुजा स्थल वा मन्दिरमा नियमितरुपमा देवी देवताको तस्विर वा मुर्तिमा पुजा गर्नुस् यसले वास्तु दोष नष्ट गरिदिन्छ र सकारात्मक उर्जा पैदा गर्छ ।

घरको सरसफाइमा विशेष ध्यान दिनु पर्छ । घरमा फोहोर जम्मा हुँदा त्यसले नकारात्मक उर्जा पैदा गर्छ । घरमा कोठाको ढोकातिर पर्ने गरी खुट्टा राखेर सुत्नु हुँदैन । यो बास्तु नियम विपरित मानिन्छ घरमा सर९सफाइ गर्दा पानीमा थोरै नुन मिसाएर गर्नुस् ।यसो गर्दा घरमा सकारात्मक उर्जा जम्मा हुन्छ । घरमा परिवारको तस्विर राख्दा दक्षिण९पश्चिम दिशामा राख्नु शुभ मानिन्छ । यो दिशामा परिवारका सबै सदस्य भएको तस्विर राख्दा घरमा प्रेम बढ्छ भान्सामा आगो र पानीकोबिचमा केही दुरी हुन जरुरी छ ।

अग्नि तत्व पानी तत्व आपसमा विरोधी मानिन्छन् । यसैले एक अर्काबाट टाढा राखिएमा सकारात्मक उर्जा पैदा हुन्छ । घरको उत्तर दिशामा धातुका सिक्काले भरिएको कचौरा राख्दा शनिको प्रभावले घरमा सुख शान्ति हुने मानिन्छ ।उत्तर९दक्षिण दिशा घरको स्वामिको दिशा मानिन्छ घरको छतमा पानी ट्याङ्की राख्ने चलन सबैतिर हुन्छ । तर यस्तो ट्याङ्की छतको दक्षिण–पश्चिम दिशामा हुनु पर्ने बास्तुबिदको भनाइ छ । अन्य दिशामा भएको पानी ट्याङ्की अशुभ मानिन्छ ।

Related Articles

Back to top button