समाचार

बरहथवामा उखुबारीभित्र महिलाको श’व फेला

जिल्लाको बरहथवा नगरपालिका-१० श्रीपुर कटानीमा आज (शुक्रबार) उखुबारीभित्र शंकास्पद अवस्थामा एक महिलाको शव फेला परेको छ।

सो वडाका सुरत रामकी श्रीमती करिब ३२ वर्षकी सावित्रीदेवी राम कटानीस्थित बरहथवा नगरपालिका-७ बस्ने रामछबिला साहको उखुबारीमा मृत फेला परेको सर्लाही प्रहरीका प्रवक्ता डिएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए। उनले घटना शंकास्पद देखिएकाले अनुसन्धान अघि बढाइएको बताए। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

मृतक महिलाको शरीरका विभिन्न भाग जलेको अवस्थामा पाइएको प्रत्यक्षदर्शीले बताएका छन्।

यस्तै, मृतक महिलाको शरीरमा कुनै कपडासमेत नरहेको घटनास्थलमा पुगेका बरहथवा नगरपालिका-१० का कार्यवाहक अध्यक्ष रामदिनेश महतोले जानकारी दिए। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

मृतक महिलाको शव पोष्टमार्टमका लागि दिउँसो जिल्ला अस्पताल मलंगवा लगिएको छ।

आज बिहान उखुबारीभित्र महिलाको शव देखेपछि स्थानीयवासीले प्रहरीमा खबर गरेका थिए।
परिवारका अनुसार मृतक महिला अंग्रेजी नयाँ वर्षको दिन (पुष १७ गते) शनिबारदेखि नै घरबाट बे प त्ता भएकी थिइन्। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

मृतकका श्रीमान हाल वैदेशिक रोजगारीको शिलशिलामा कतारमा रहेको बुझिएको छ।

Related Articles

Back to top button