समाचार

चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा पक्राउ

चितवन, २४ पुस। भरतपुर महानगरपालिका-२४ अमृत चोक बस्ने २१ वर्षीय सन्तोष पाण्डेलाई धारिलो हतियार चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने २८ वर्षीय सुदिप मोक्तानलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

लेनदेनको विषयमा झगडा हुँदा सुदिपले सन्तोषलाई उक्त चोकमा चक्कु प्रहार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय फूलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । चक्कु प्रहारबाट गम्भीर घाइते भएका सन्तोषको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Related Articles

Back to top button