समाचार

यिनै हुन् बस रोकेर पिसाब फेर्न गएका ३५ वर्षीय चालक शम्भु घिमिरे, जसको क’रे’न्ट ला’ गेर भयो मृxत्यु

ललितपुरको कोञ्ज्योसोम-३ शंखु छापकमा क’रे’न्ट लागेर बस चालकको मृत्यु भएको छ । प्रहरी कार्यालय गोटीखेलका प्रहरी हलल्दार प्रकाश श्रेष्ठका अनुसार गोटिखेलबाट चापागाँउतर्फ जाँदै गरेकाे बा.३ ख. ४१०८ नम्बरको बसको टायर पञ्चर भई रोकीराखेको अवस्थामा पिसाब फेर्ने क्र’म’मा क’रे’न्ट ला’गे’र बस चालक कोञ्ज्योसोम दलचोकी बस्ने ३५ वर्षीय शम्भु घिमिरेको मृत्यु भएको हो ।

हवल्दार श्रेष्ठका अनुसार क’रे’न्ट ला’गे’र घाइते भएका घिमिरेलाई उपचारका लागि कीर्तिपुर अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । बिहीबार साँझ ५ बजेर २५ मिनेटको समयमा घिमिरे ढ’लेपछि उठाउन जाँदा क’रे’न्ट ला’गे’काे थाहा भएकाे थियाे ।

यो पनि, प्रादेशिक आयुर्वेद चिकित्सालयमा मधुमेहका बिरामीको उपचार – दाङको विजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयमा मधुमेहका बिरामीका लागि कार्यक्रम सञ्चालन गरिएको छ । अस्पतालका निमित्त कार्यकारी निर्देशक डा महेशकुमार खनालका अनुसार यही पुसदेखि मधुमेहका बिरामीलाई निःशुल्करूपमा रगत परीक्षण गर्नुका साथै मिर्गाैला तथा मुटुको जाँच गर्नुका साथै बोसोको समेत जाँच भइरहेको छ ।

सोमध्ये अहिलेसम्म एक सय जनाले उक्त सुविधा लिइसकेको निमित्त निर्देशक डा खनालले बताउनुभयो । त्यस्तै मधुमेह नियन्त्रणमा राख्ने जडीबुटी औषधि तथा परामर्शसमेत प्रदान गर्ने गरिएको उहाँको भनाइ छ । करिब तीन सय जनालाई उक्त सेवा प्रदान गर्ने लक्ष्य राखिएको डा खनालले बताउनुभयो । अस्पतालमा दैनिक बिहान ८ देखि दिउँसो १ बजेसम्म सेवा सञ्चालन हुँदै आएको उहाँको भनाइ छ ।

अस्पतालमा हाल पाइल्स, फिस्टुला, फिसर, पारालाइसिस, जोर्नी दुखेका बिरामी, ग्याष्टिक, हातखुट्टा नचल्ने, कब्जियतलगायतको उपचार भइरहेको छ । बिरामीलाई आयुर्वेद उपचार पद्धतिमा आकर्षित गराउनका लागि यसरी नै नयाँ–नयाँ कार्यक्रम ल्याइने उहाँले बताउनुभयो । पछिल्लो समय आयुर्वेद उपचार पद्धतिप्रति नागरिकको चासोसमेत बढेको छ ।

Related Articles

Back to top button