समाचार

वैदेशिक रोजगार उद्दार संस्थाकै कर्मचारीले पीडितलाई ठ’गे,संस्थाका अध्यक्ष मिडियामा(भिडियो हेर्नुस

केही समय अघि देखि दुबै पुगेका १२ जना नेपालिहरु ठगिए पनि उनिहरु न्याय खोज्दै मिडियामा आएको चर्चा निकै भएको थियो । दुबैमा काम नपाएर भोकै परेका केहिलाई उद्दार गरि नेपाल ल्याइएको छ भने केही अझ सम्म पनि उतै छन । यसै घटनालाई निरन्तर उठाउदै आएकी पत्रकार गंगा लामलाई नै अहिले ठ’गी गर्नेहरुले विभिन्न आ’रोप लगाउन थालेका छन । दुबैबाट उद्दार भएर आएका ती ब्याक्तिहरुले आफुहरुको पैसा फिर्ताको माग गर्दै विभिन्न निकायमा धाएकस थिए ।

यसै बिच वैदेशिक रोजगारिमा जानेहरुको हकहितका लागि काम गर्ने भन्दै खोलिएको संस्था वैदेशिक रोजगार उद्दार संस्थाकी एक कर्मचारी कृति गोले ती पीडित युवाहरुको सहयोग गर्ने भन्दै आएकी थिइन् । उनले आफुहरु पीडितहरुकै लागि कस्म गर्दै आएको भन्दै पैसा फिर्ता गराउने बताएकी थिइन् । पीडितहरुलाई लिएर मिडियासगैँ उनी मेनपावर पनि त्यो बेला गइन् । उनिहरुलाई ठ’गी गर्नेबाट पीडितहरुले चेक पनि लिएका थिए । तर पछि फेरि त्यो चेक उनैले लिएको पीडितहरुको भनाई छ ।

कृति गोलेले चेकमा पैसा नभए पछि आफू नगद नै दिलाउने भन्दै ठगी गर्नेहरु समक्ष पिडिलाई लिएर गएकी थिइन् । उनले उक्त चेक च्यात्न लगाए पछि अहिले तिनै कृति गोलेले ठगिएकाहरुलाई नगद दिएर चेक च्यातिएको बताउँदै आएकी छिन । तर पीडितहरुले भने नगद नपाएको बताए । अहिले कृति र ठ’गी गर्ने महिला मिलेर सबै कुरा मिलिसकेको भन्दै आफुहरुको अझै पनि बे’इज्जत गर्दै हिडेको भनी पिडितहरु माथी नै मुद्दा दायर गरेकी छिन । यता मिडियाकर्मी गंगा लामालाइ पनि मिलिसकेको कुरालाई फेरि उठाएको भन्दै पैसा खाएर आफुहरुलाई फ’साउन खोजेको आरोप लगाएका छन ।

यसै क्रममा उक्त संस्थाका अध्यक्ष इन्द्र गोले अहिले मिडियामा आएका छन । उनले संस्थामा थुप्रै कर्मचारीहरु काम गर्ने भएकोले कोहि एउटा कर्मचारीले ग’ल्ती गरेकोमा उक्त सम्पुर्ण संस्थालाई नै मुछ्न नहुने बताए । आफ्नो संस्थाले त्यसरी गल्ती गर्ने कर्मचारीलाई कार्बाही पनि गर्ने उनले बताएका छन । तर एउटा कर्मचारिको कारण पुरै संस्थालाई गलत देखाउन नहुने उनको भनाई छ । आफ्नो संस्थाले थुप्रै पीडितहरुलाई न्याय लिदाउँदै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने अध्यक्ष इन्द्र गोलेको भनाई छ ।

आफुले यस घटनाबारे के भएको हो त्यो बुझी रहेको पनि बताए । साथै आफू आफ्नो कर्मचारी कृति गोले, पीडित ब्याक्तिहरु, ठ’गी गर्ने ती महिला र मिडिया सबैलाई एकै ठाउँमा राखेर कुरा गर्ने पनि उनले बताएका छन । आफू पीडितले न्याय पाउनु पर्ने पक्षमा रहेको भन्दै आफ्नो कर्मचारीले गल्ती गरेको भए उस्लाई कार्बाही पनि गर्ने बताएका छन । कृति आफ्नो संस्थाको कर्मचारी भएको र उनको नामसगँ संस्था जोडिएर आएर संस्था माथी नै आरोप लागेको हुनाले आफू यस विषयमा गम्भीर भएको पनि बताए । (भिडियो हेर्नुस)

Related Articles

Back to top button