समाचार

पूजाको फरक रुप

२० पुस, काठमाडौं । अभिनेत्री पूजा शर्मा ‘मिडिया फ्रेन्ड्ली’ छिन् । कुनै पनि कार्यक्रममा पुगेका बेला उनी सञ्चारकर्मीहरुलाई लामा-लामा अन्तर्वार्ता दिन्छिन् ।

तर, सोमबार काठमाडौंमा आयोजना भएको ‘जीवन्त नेपाल म्युजिक अवार्ड’ समारोहमा भने पूजाको फरक रुप देखियो । कार्यक्रम शुरु भएको केही समयपछि समारोह स्थलमा पुगेकी पूजाले चर्चित गीत ‘रमरम मरौटी’बाट ‘वर्षको पपुलर म्युजिक भिडियो मोडल-महिला’तर्फको विधामा अवार्ड जितिन् ।

अवार्ड लिएपछि पूजा छोटो समय मात्र कार्यक्रम हलमा बसेर बाहिरिइन् । त्यसपछि बाहिर उनले मिडियासँग कुराकानी गर्छिन् भन्ने अपेक्षामा थुप्रै सञ्चारकर्मी अन्तर्वार्ताका लागि तयार भएर बसेका थिए । तर, पूजा भने सरासर आफ्नो गाडीतर्फ लागिन् र घरतर्फ हिँडिन् ।

यसबाट पूजा आफूलेबोलेका कुराले धेरै पटक विवाद सिर्जना भएपछि मिडियासँग टाढा बस्न खोजेको अनुमान गर्न सकिन्छ ।

Related Articles

Back to top button