समाचार

नेपाली समाजका उदाहरणीय सासू बुहारी,बुहारी नाच्ने सासू भिडियो खिच्ने(भिडियो हेर्नुहोस्)

अहिले आफउसगँ भएका प्रतिभालाई बाहिर देखाउने माध्यम बनेको छ टिकटक । यसबाट धेरैले आफ्नो प्रतिभा देखाएर सबै माझ चिनिएका छन । यसै टिकटकमा आफ्नो प्रतिभा देखाएर कतिपयले राम्रै अवसर पनि पाएका छन । बच्चा देखि बृद्धअबश्था भएका सबैले टिकटक प्रयोग गरेको पाइन्छ अहिले । यस्तै अहिले तनँहु जिल्ला शुक्ला गण्डकी नगरपालिका घर भएकी उमा पन्थी सामाजिक संजाल टिकटकमा निकै भाइरल भै रहेकी छिन । उनका भिडियो थुप्रैले हेर्ने गरेका छन ।

टिकटकमा भाइरल बनेकी उमाले आफुलाई सानै उमेर देखि नै गाउन नाच्न मन पर्ने बताईन । पछिल्लो समय सामाजिक संजाल टिकटक आए पछि आफुले नाचेको भिडियो बनाएर पोस्ट गर्ने गरेको उनले बताईन । आफुलाई भिडियो बनाउनमा आफ्नी सासुले सहयोग गर्ने उमाको भनाई छ । आफू नाच्ने र सासु आमाले भिडियो खिच्ने गरेर आफुहरु टिकटक बनाउन थालेको उमाको भनाइ छ । सासु आमाले हरेक कुरामा आफुलाई एकदमै सहयोग गर्ने गरेको उमाले बताएकी छिन् ।

बिहे गरेर माइती घर छोडेर आए पनि आमाले जस्तै माया गर्ने सासु पाएको उमाले बताईन । आफुलाई नआउने कामहरु आमाले जस्तै माया गरेर सासुले सिकाउनु गरेको उमाको भनाइ छ । टिकटक बनाउदा पनि सासुआमा भिडियो खिच्ने आफू नाच्ने गरेको उमा बताउँछिन् । बुहारी यसरी नाच्दै बनाउदै गरेको भिडियो देख्दा धेरै खुसी लाग्ने गरेको उमाकी सासुआमाले बताईन । सानै उमेर बिहे गरेकोले आफुलाई त्यस्तो रमाइलो भने केहि थाहा नभएको उमाकी सासू बताउँछिन ।

त्यसैले पनि बुहारीले रमाइलो गर्दा आफुलाई पनि खुशी लाग्ने गरेकोले आफुले बुहारिलाइज सहयोग गर्ने गरेको उमाकी सासुआमाले बताएकी छिन । छोरा ५ वर्षको हुँदा श्रीमान गुमाएकि उमाकी सासुआमा अहिले यिनै छोरा बुहारिले आफुलाई खुशी दिने गरेको बताउँछिन । आफुले कहिले काहिँ काम बिग्रेको बेला बुहारीलाई गाली गर्ने गरेको भएता पनि रिस भने कहिल्यै नराख्ने गरेको उमाकी सासुको भनाइ छ । सासु बुहारी जस्तो नभएर आफुहरु आमा छोरी जस्तो भएर बसेको उमाले बताएकी छिन ।

उमा कहिलेकाहि केटा जस्तो भनेर टिकट बनाउने गरेको सासू आमाको भनाइ छ । यति सहयोग गर्ने सासु आमा पाउँदा आफुलाई भाग्यमानी ठान्ने गरेकी उमाको भनाई छ । आफु टिकटक लाइभमा बसेर गित गाएको सासू आमाले छेउमा बसेर सुन्ने गरेको उमा बतसुँछिन । धेरै जनाले टिकटकमा भिडियो खिच्ने आमालाई हेर्न खोजेकोले कहिले काहिँ लाइभमा सासुलाई पनि देखाउने गरेको उमा बताउँछिन । १/२ वटा टिकट सासू बुहारी समेत मिलेर बनाएको उमाले बताएकी छिन् । श्रीमानको दौरा सरुवा लगाएर आमा छोरा बनेर सासू बुहारिले टिकट बनाएको उमाले बताएकी छिन् । आफुलाई कमेडी तरिकाको टिकट बनाउन मनपर्ने उमाले बताएकी छिन । (भिडियो हेर्नूस)

Related Articles

Back to top button