समाचार

म्यानचेस्टर युनाइटेड पराजित

एजेन्सी, पुस २०। इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । सोमबार राति घरेलु मैदानमा भएको खेलमा युनाइटेड वोल्भ्ससँग १-० गोलले स्तब्ध बनेको हो ।

ओल्ड ट्राफोर्डमा भएको खेलमा वोल्भ्सलाई जित दिलाउन जोए मोउटिन्होले एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८२ औं मिनेटमा मोउटिन्होले गोल गर्दै वोल्भ्सलाई शुरुवाती अग्रता दिलाएका थिए । युनाइटेडले खेलमा गोल गर्ने अवसर सिर्जना गरेपनि बललाई पोस्टको दिशा दिन नसक्दा हार बेहोर्न बाध्य भयो ।

जितसँगै वोल्भ्स १९ खेलबाट २८ अङ्क जोड्दै लिगको आठौं स्थानमा उक्लिएको छ । पराजित युनाइटेड समान खेलबाट ३१ अङ्कको साथ सातौं स्थानमा यथावत छ ।

Related Articles

Back to top button