समाचार

देश टुक्राउछु भन्दै हिड्ने सिके राउतको कार्यकर्तालाई प्रहरीले गोली हान्यो

काठमाडौँ, देश टुक्राने अभिव्यक्ती दिदै हिड्ने सिके राउतको पार्टीले तराईको पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिकामा सडक जाम गरी बसेका जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको छ ।

आइतबार बिहानैदेखि सडक जाम गरी बसेका जनमत कार्यकर्तामाथि प्रहरीले गोली प्रहार गरेको हो । धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार ११ राउण्ड रबरको गोली र १६ राउण्ड अश्रु ग्यास प्रहार गरिएको हो ।

रबरको गोली लागेर जनमत पार्टीका ५ जना कार्यकर्ता घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधामा ल्याइएको जनमत पार्टीले जनाएको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला????****

यस्तै झडपका क्रममा नेपाल प्रहरीका एक जना र सशस्त्र प्रहरीका एक गरी दुई जनासमेत घाइते भएको प्रवक्ता एवं डीएसपी बस्नेतले बताए ।बिहानैदेखि बन्द रहेको पूर्वपश्चिम राजमार्ग भने सञ्चालनमा आइसकेको उनले बताए ।

किसानलाई समयमै मल खाद्य उपलब्ध गराउनुपर्नेसहितका माग राख्दै जनमत पार्टीले गत पुस १५ गतेदेखि मधेशका जिल्लामा पूर्व पश्चिम राजमार्गमा चक्काजाम गर्दै आएका छन् ।

उनीहरुले चक्काजाम गर्दा प्रदेश २ का जिल्लामा प्रायः प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप हुँदै आएको छ

Related Articles

Back to top button