समाचार

भ्यानको ठ क्करबाट २५ वर्षीय रामकुमारको मृत्यु भएपछि आ क्रोशित हुँदै व्यवसायीले प्रहरीको गाडीमा आ गो ल गाए

सर्लाही ईश्वरपुर नगरपालिकामा प्रहरी चढेको भ्यानको ठ क्करबाट एक व्यवसायीको मृत्यु भएपछि आक्रोशित समूहले प्रहरीको जिपमा आ ग ज नी गरेका छन् । आ क्रोशित समूहले ईश्वरपुर नगरपालिका कार्यालय परिसरमा राखेको बा१झ ७४८२ नम्बरको इलाका प्रहरी कार्यालय हरिपुरको जिपमा आगो लगाएका हुन् ।

सर्लाहीको ईश्वरपुरस्थित इलाका प्रहरी कार्यालय केशरगञ्जको टोली चढेको भ्यानको ठ क्करबाट आइतबार राति ईश्वरपुर–५ का २५ वर्षीय रामकुमार महतोको मृत्यु भएको थियो ।

उक्त विषयलाई लिएर आज प्रहरी र स्थानीयवासीबीच झ ड प भएको थियो । बैलबास बजारमा व्यपार गर्दै आएका महतोको मृत्युपछि उद्योग वाणिज्य सङ्घ ईश्वरपुरले आज दिनभर बजार बन्द गराएको थियो ।

महतोले बैलबास बजारमा फैन्सी पसल सञ्चालन गर्दै आएका थिए ।स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको थियो । स्थानीयले इलाका प्रहरी कार्यालय केशरगञ्जमा ढुङ्गामुढा प्रहार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गम्भीर घाइते महतोको उपचारका क्रममा मलङ्गवा अस्पतालमा मृत्यु भएको हो ।

काठमाडौँ- वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मुलुक मानिने दक्षिण कोरियाले अबदेखि साताको दुई सय नेपाली कामदार लाने भएको छ ।

को’भिड-१९ को महामारीका कारण कामदार लैजाने प्रक्रिया अवरुद्ध भएकाे थियाे । आगामी (सोमबार) १९ गतेबाट कमिटेड र नियमित कामदार लैजाने

लागेको वैदेशिक राेजगार विभाग अन्तर्गतकाे ईपीएस कोरिया शाखाका निर्देशक सुरेश राउतले जानकारी दिए । यसअघि कोरियाले ५० देखि एक सय नेपाली कामदार लैजाने गरेको थियो ।

नेपाली कामदारलाई माछा मार्ने काममा पनि लैजाने तयारी गरेको छ । यसअघि उद्योग र कृषिमा मात्र मात्र लैजाने गरेको थियो ।

माछा मार्ने काममा पनि नेपाली लैजाने गरी छलफल प्रक्रिया अगाडि बढेको उनले बताए । यसले नेपाली कामदारलाई काेरियामा राेजगारीका लागि नयाँ क्षेत्र खुलेकाे छ ।

सरकारले विभिन्न समयमा कोरियाबाट फर्केका नेपाली कामदारलाई पठाउन थालिसकेको छ । पहिलो चरणमा ‘क’मिटेड’ कामदारलाई कात्तिकको पहिलो सातादेखि नेपालबाट जान थालिसकेका छन् ।

कमिटेड कामदारसँगै सन् २०१८-२०१९ मा भाषा परीक्षा पास गरेका कामदारलाई लैजान सुरु गरिसकेको छ । अहिले भने नियमित कामदारलाई थालेपछि कोरिया रोजगारीको ढोका खुल्दै जाने सम्भावना बढ्दै गएको छ ।

Related Articles

Back to top button