समाचार

देउवाले वरियताको २० औं नम्बरमा राखेपछि शेखर कोइरालाले यसो भने

काठमाडौं । केही दिनअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा नेताहरुको वरियता तय गरेका थिए।

सो वरियतामा उनले १४ औं महाधिवेशनमा सभापतिमा आफ्ना प्रतिस्पर्धी बनेका शेखर कोइरालाई २० औं नम्बरमा राखेका थिए।

तर शेखरले उक्त वरियतामा अप्रत्यक्षरुपमा असन्तुष्टि जनाएका छन्। उनले आफ्नो वरीयता पार्टी कार्यकर्ताले दिएको भोटबाटै कायम भएको प्रतिक्रिया दिएका छन्।
वरियतामा सभापतिसहित १३ पदाधिकारी र अहिलेको केन्द्रीय समितिमा जितेका पूर्वपदाधिकारी पछि मात्रै शेखरको नाम राखिएको छ।

अझै पूर्वपदाधिकारीलाई सभापति देउवाले केन्द्रीय सदस्य मनोनीत गर्दा शेखरको वरीयता झन् तल पुग्ने सम्भावना छ। कोइराले ठाडो रुपमा यसमा कुनै आपत्ति नजनाए पनि उनी कांग्रेसको नयाँ कार्यसमितिको पहिलो बैठकमा गएनन्।

शेखर पक्षका नेताले उनलाई कम्तीमा सभापति देउवा, नेता रामचन्द्र पौडेल पछिको वरीयता दिन माग गरिरहेका छन्। तर शेखरले भने यही वरीयता चाहिन्छ भन्ने अडान भने औपचारिक रूपमा राखेका छैनन्।

केन्द्रीय समितिको पहिलो बैठक बसेको दुई दिनपछि गृहजिल्ला विराटनगर पुगेका शेखरलाई पत्रकारहरूले पार्टीले राखेको वरीयताबारे प्रश्न गरेका थिए।

शेखरले पार्टीले परम्परा पनि पछ्याउनुपर्ने तर्क गरेका थिए। ‘सभापति र केन्द्रीय कार्यसमितिले के ग¥यो त्यो त पद्धतिको कुरा हो। पार्टीभित्र बिपीकै पालादेखिको पद्धति सभापति देउवा र केन्द्रीय समितिले पछ्याएन भने त्यसबारे कार्यकर्ताले बोल्नेछन्,’ कोइरालाले भने।

उनले कार्यकर्ताले दिएको भोटले नै आफ्नो वरीयता कायम भएको पनि बताए। साथै उनले पार्टी र कार्यकर्ताले दिने मर्यादाक्रम स्वीकारेर नै आफू अगाडि बढ्ने बताएका थिए।

Related Articles

Back to top button