समाचार

इंग्लिस प्रिमियर लिगः युनाईटेड बराबरीमा रोकियो

काठमाडौं, १३ पुस । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड न्युकासलसँग बराबरीमा रोकिएको छ ।सोमबार राति भएको खेलमा युनाईटेड न्युकासलसँग १–१ गोलको बराबरीमा रोकिएको हो।

घरेलु मैदानमा भएको खेलको सातौं मिनेटमा एलन सेन्ट म्याक्सिमिनले गोल गर्दै न्युकासललाई सुरुवाति अग्रता दिलाएका थिए ।खेलको ७१औं मिनेटमा एडिन्सन काभानीले गोल गर्दै युनाइटेडलाई हारबाट जोगाएका थिए ।

यस बराबरीसँगै युनाईटेडले १७ खेलमा २८ अंक जोड्दै सातौं स्थानमा रहेको छ ।न्युकासल ११ अंकका साथ १९औं स्थानमा छ ।

Related Articles

Back to top button