समाचार

युवतीले आफूलाई ए’ सिड हा न्ने युवकलाई माफ गरिदिए, उसैसँग गरिन् बिहे

काठमाडौं। टर्कीकी २० वर्षकी युवतीले ठूलो मन बनाएर त्यही व्यक्तिसँग बिहे गरेकी छिन् जसले उनको अनुहारमा ए’ सिड हानेका थिए ।

यो घटनापछि ती युवतीले केवल ३० प्रतिशत मात्र देख्न सक्छिन् । उनले यसरी बिहे गर्ने निर्णय गरेपछि सामाजिक संजालमा उनको निकै आलोचना भइरहेको छ । नेटिजेनहरुले समाजिक संजालमा उनको आलोचना गर्दै उनले यसो गर्नु हुँदैनथ्यो भनेका छन् ।

यी युवतीको नाम बेरफिन ओजेक हो । उनलाई ए सिड हा न्ने युवकको नाम कासिम ओजन सेल्टी हो । अहिले बेरफिनले कासिमसँग बिहे गरिसकेकी छिन् । डेलीमेलमा प्रकाशित एक रिपोर्ट अनुसार कासिमले बेरफिनमाथि ए सिड आ क्र मण २०१९ मा गरेका थिए । त्यो घटना अघि उनीहरु प्रेम सम्बन्धमा थिए ।

उनीहरुबीच ब्रेकअप भएपछि कासिमले बेरफिनमाथि ए सिड आ क्र मण गरेका थिए । त्यतिबेला कासिमलाई १३ वर्ष ६ महिनाको जेल सजाय सुनाइएको थियो तर पछि कानुनमा संशोधन भएका कारण उनी छिटै जेलबाट छुटे । हालै कानुनमा संशोधन भएपछि कासिमलाई छिटै रिहा गरिएको थियो ।

कासिमले बेरफिनलाई ए’ सिड आ क्र मण गर्नुभन्दा पहिले उनी आफ्नो नभए कसैको हुन नसक्ने भनेका थिए । यो घटनापछि जब बेरफिनलाई होस आयो त्यसपछि उनले आफूले भोगेको सबै कुरा बताएकी थिइन् । उनको बयानको आधारमा उनका ब्वायफ्रेण्डले सजाय पाएका थिए ।

पछि कासिमले आफूलाई गल्तीको महसुस भएको भन्दै उनले लगातार बेरफिनसँग माफी मागे । उनले बेरफिनलाई माफी माग्दै कैयौं म्यासेज गरे । त्यसपछि बेरफिनले यो मुद्दामा आफ्नो उजुरी फिर्ता लिइन् । बेरफिनका पिताले भने आफूलाई यसबारे जानकारी नभएको बताए ।

उनले भने ‘हामीले वर्षौंसम्म कानुनी लडाइँ लड्यौं तर अब सब ब र्बा द भएको छ ।’ यो जोडीको सामाजिक संजालमा निकै आलोचना भइरहेको छ तर उनीहरुले कुनै पनि आलोचनाको जवाफ दिएका छैनन् । एक युजरले सामाजिक संजालमा उनीहरुको आलोचना गर्दै लेखेका छन् ‘माफी गरेर अपराध कम हुँदैन ।

मलाई लाग्छ यो बिहे एक वा दुई महिनामा समाप्त हुन्छ । यी युवती त्यही युवकसँग बस्न बाध्य हुनुपर्नेछ जसले उनीसँग ब र्बरता गरेका थिए ।’

Related Articles

Back to top button