समाचार

कुवेतमा आफ्नै दिदिको छोराले बेचे, ती’न त’लामाथी बाट हा’म फा’लेर एम्बेस्सी पुगे (भिडियो हेर्नुस)

वैदेशिक रोजगारीका लागि कुबेत पुगेकी सीता भुसाल नाम गरेकी एक महिला आफुलाई कुबेतमा आफ्नै दिदिको छोराले बेचेको र आफुले कमाएको पैसा पनि सबै खाइदिएर मार्ने धम्की दिने गरेको भन्दै मिडियामा आएकी छिन ।आफू नेपालबाट कुबेत एउटा कम्पनिमा काम गर्न गएको उनले बताईन । तर त्यहा तलव कम भएको भनी आफ्नै दिदिको छोराले एउटा घरमा काम भएको र त्यहा तलब पनि राम्रो हुने भन्दै लिएर गएको सिताले बताईन । दिदिको छोरा पहिले देखि नै कुबेत बस्दै आएको उनले बताईन ।

आफुलाइक दिदिको छोराले कम्पनी छोडेर आफू बस्ने ठाँउ बोलाएको सीता बताउँछिन । आफू बसेको ठाउँमा एउटा घरमा काम गर्ने आवश्यकता भएकोले त्यहा आफुलाई काम लगाइदिने भन्दै बोलाएको उनले बताईन । तलब पनि राम्रो दिने भन्दै आफुलाई त्यहा काम गर्ने पठाएको सीता बताउँछिन । तर आफू त्यहा गएर ३ महिनासम्म काम गर्दा पनि आफुलाई तलब नदिएको सीताले बताएकी छिन । उक्त घरमा आफुलाई दिन दिनै यातना दिने गरेको पनि सीता बताउँछिन ।

आफुलाई एउटा बन्दा कोठा भित्र राखि यातना दिने गरेको उनको भनाई छ । आफुले त्यहा काम गर्दिन भन्दा तँलाई ९ सय दिनारमा आफुहरुले किनेको भन्दै काम लगाउने गरेको उनी बताउँछिन । सिताले छोरालाई फोन गर्छु भन्दा साउले मोबाइल नै फुटाईदिएको सीता बताउछिन् । बेल्टले कुटपिट गरि मानसिक यातना समेत दिएको उनक भनाई छ । आफू बेचिएको थाहा भएपछि २ तला माथिबाट हाम्फालेर भागेर राजदुतावास गएको सीता बताउँछिन ।

त्यहाबाट आफू ट्याक्सीमा नेपालि राजदुतावास पुगेको उनको भनाई छ । आफुले राजदुतावासमा पहिले नै सम्पर्क गर्दा बेचिएको भन्ने थाहा पाएको उनले बताईन । त्यस पछि आफू भागेको उनको भनाई छ । राजदुतावास पुगेर आफु क्वारेन्टाइनमा बसे पछि नेपाली राजदुतावासले नै प्रक्रिया मिलाएर आफुलाई नेपाल पठाएको सिताको भनाई छ । आफुसगँ अहिले पनि आफ्नो पासपोर्ट नभएको उनले बताईन । आफू बेचिएकै घरमा पासपोर्ट रहेको उनले बताईन ।

आफुले पासपोर्ट माग्दा ९ सय तिरेर लैजा भनेको उनले बताईन । त्यो कुबेतिले आफुलाई ९ सयमा किनेको बताएको उनको भनाई छ । आफुले विदेश बसि कमाएको पैसा आमाको खातामा पठाएको सीता बताउँछिन । तर आमालाई फकाएर उक्त पैसा पनि दिदि भिनाजुले सबै पैसा खाएको सीताले बताईन । कुबेतमा छोराले आफुलाई बेचेको र आफुले कमाएको पैसा यता आमाबाबुले खाइदिएको उनको भनाई छ । अहिले भने दिदिको छोराले आफुलाई मार्छु भनी धम्कि दिने गरेकोले आफू मिडिया सामु आएको बताएकी छिन ।(भिडियो हेर्न)

Related Articles

Back to top button