समाचार

दिल्लीमा कोरोना संक्रमितको संख्या बढ्दै , हाल सम्म ओमिक्रोन बाट संक्रमित हुनेको संख्या ५७ पुग्यो

एक समय कोरोनाले अस्त ब्यस्त भएको भारतमा फेरी कोरोना संक्रमितहरुको संख्या बढ्न थालेको छ । यसको प्रत्यक्ष असर नेपालमा पनि पर्ने देखिएको छ । भारतको राजधानी नयाँ दिल्लीमा फेरि कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । शुक्रबार मात्र दिल्लीमा १ सय ८० कोरोना संक्रमित फेला परेका छन् ।

यो सँगै कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ५७ पुगेको छ। दिल्लीमा सक्रिय संक्रमितको संख्या दिन दिनै बढिरहेको छ । यो संख्या बढेर ७८२ पुगेको छ। तर, अलि ढुक्कको कुरा यो छ कि दिल्लीको सकारात्मकता दर अझै ०.२९ प्रतिशत छ। जुन ५ प्रतिशतको खतरनाक स्तरभन्दा निकै तल रहेको छ।

दिल्ली सरकारद्वारा दैनिक जारी गरिएको हेल्थ बुलेटिनका अनुसार शुक्रबार दिल्लीमा ६२ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको थियो। शुक्रबार कोरोनाबाट मुक्त हुनेको संख्या ८२ पुगेको छ।

प्रतिक्रिया

अर्घाखाँची – अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ९ अर्घामा रहेको काफलपानी पधेराबाट यस क्षेत्रका करीव ५० परिवारले पिउनेपानी प्रयोग गर्छन । करीव तीन वर्षअघि हिउँदा यो पधेरो सुक्यो । पिउनेपानीको स्रोत नै बन्दभएपछि स्थानीयहरु लामो दुरीमा रहेको अर्को पोखरीबाट पानी ल्याउन बाध्य भए । युवा युवतीहरु कम भएको गाउँमा पानी टाढाबाट बोक्न परेपछि स्थानीयलाई निकै सास्ती भयो ।

तर गतवर्ष ठूलो खडेरी लाग्दापनिपानी नसुकेपछि स्थानीय दंग छन् । स्थानीय युवा व्यवसायी कृष्ण प्रसाद भुसाल र पत्रकार समेत रहनुभएका व्यवसायी हरिप्रसाद भुसालको नेतृत्वमा शुरु भएको दश घर एक पोखरी अभियानले दुई वर्ष अघि नेटाकापोखरामा पोखरी खनेपछि काफलपानी पधेराको पानी नसुकेपछि स्थानीय दंग बनेका छन् । “दुई तिनवर्ष अघि सामान्य खडेरीमा पनि सुक्न थालेको पधेरो यो पोखरी खनिएपछि गतवर्ष ठूलो खडेरीमा पनि सुकेन ।” स्थानीय जिव बहादुर दमाइले भने ।

Related Articles

Back to top button