समाचार

‘कबड्डी ४’मा दयाहाङ राई फाइनल

काठमाडौं गत २१ असोजमा हल खुलेसँगै फिल्मका गतिविधिहरू बढ्न थालेका छन् । फिल्मका इभेन्टसँगै छायांकनमा जाने तयारीमा फिल्मकर्मी जुटेका छन् । यसै क्रममा आउँदो ३ कात्तिकदेखि ‘कबड्डी’को चौथो भागको छायांकन प्रारम्भ हुने भएको छ । अन्तिम भनिएको ‘कबड्डी’ शृंखलाको चौथो भागलाई दर्शकले हेर्न पाउनेछन् ।

शृंखलाको निर्देशन रामबाबु गुरुङले गर्दै आइरहेका छन् । उनलाई निर्देशकको रूपमा स्थापित गर्ने फिल्म नै यही हो । उनले छायांकनमा अब निस्किने जानकारी दिए । ‘हाम्रो प्रोडक्सन टिम त केही अगाडि नै जान्छ तर हामी ३ कात्तिकमा पुग्छौँ’, निर्देशक गुरुङले भने ।

उनले ३५ दिनको सेड्युल लिएर छायांकन प्रारम्भ गर्ने जनाउँदै सम्पूर्ण छायांकन मुस्ताङमा हुने बताए । ‘हाम्रो लोकेसन मुस्ताङ नै हुन्छ र यसलाई तय भएकै सेड्युलमा पूरा गर्नेछौँ’, निर्देशक गुरुङले बताए । यसकै सिरिजका कारण आज गुरुङ सफल तथा स्थापित निर्देशकको सूचीमा पर्छन् । यद्यपि, सिरिजको संख्या बढ्दै गर्दा उनलाई आरोप पनि लाग्ने गरेको छ । उनले दोस्रो र तेस्रो सिरिज रिलिज गर्दै गर्दा व्यासायिक बढी भएको आरोप खेप्दै आइरहेका छन् । कबड्डीको तुलनामा यसका निर्मित सिरिजहरू कमजोर रहेका गुनासा दर्शकको बढ्ने गरेको छ ।

यसैले गर्दा पनि निर्देशक गुरुङले यसको अन्तिम सिरिज ‘कबड्डी ४ स् द फाइनल म्याच’ भनेका छन् । फिल्ममा दयाहाङ राई र विजय बराल रहने पक्का छ । उनीसँगै रहने अन्य कलाकारका बारेमा जनाइएको छैन ।

काजीको प्रेम कथामा आधारित फिल्ममा अघिल्लो पटक पनि प्रदीप खड्कालाई खेलाउने तयारी भएको थियो । यद्यपि, त्यो सहकार्य हुन सकेन । यस पटक निर्देशक गुरुङले काजी र मैयाको प्रेम कथालाई विश्राम दिँदै छन् । तर, उनले यही नाममा फिल्म भने बनाउन सक्नेछन् ।

‘कबड्डी’का तीन सिक्वेलमा प्रेमका लागि संघर्ष गर्ने प्रमुख पात्रहरू ‘फाइनल म्याच’ ९कबड्डी ४०मा दोहोरिनेछन् ।

रसुवा, २६ असोज- कोभिड–१९ का कारण लामो समयदेखि सुनसान जिल्लाको पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । कोभिड सङ्क्रमणदर न्यून र वर्षाको प्रभाव हट्दै गएकाले हिमाली प्रकृति छटा अवलोकनका लागि पर्यटक आकर्षित हुन थालेका हुन् ।

लामो समयदेखि सुनसान नेपालको तेस्रो पर्यटकीय क्षेत्र लाङ्टाङ एवं पवित्र तीर्थ गोसाइँकुण्ड जाने पदयात्रीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको यहाँस्थित होटल व्यवसाय सङ्घले जनाएको छ । सङ्घका जिल्ला अध्यक्ष रामशरण गजुरेलका अनुसार घटस्थापनादेखि आन्तरिक पर्यटकको आगमन सुरू भएको हो ।

उहाँले हिमाली प्रकृति छटा अवलोकन गर्न करिब एक हजार पदयात्री लाङ्टाङ तथा गोसाइँकुण्ड क्षेत्रका भ्रमणमा रहेका र आगमनको क्रम बढ्दै गएको जानकारी दिनुभयो । पर्यटकको आगमन हुन थालेपश्चात भोजनका लागि उक्त पदमार्गका पर्यटन व्यवसायीले खच्चडद्वारा खाद्यान्न ढुवानी गर्ने काम धमाधम अगाडि बढाएका छन् ।

पर्यटकको आगमनसँगै बन्द रहेका होटल तथा लज धमाधम खुल्न थालेका छन् । गोसाइँकुण्ड क्षेत्रमा १७ र लाङ्टाङ क्षेत्रमा ५० भन्दा बढी होटल तथा लज रहेकाले पैदलमार्गमा खान–बस्न कुनै समस्या नपर्ने व्यवसायीहरूले स्पस्ट पारेका छन् । दिनप्रतिदिन मौसमको सुधारबाट अग्ला सेता हिमाल देखिन थालेको, पदमार्गमा हिँड्दा जुकाले टोक्ने, भिरबाट ढुङ्गा लड्ने, चिप्लनेजस्ता समस्या हटिसकेकाले अबको पदयात्रा रोञ्चकारी हुने पदयात्रीले अनुभव लिएका छन् ।

पदयात्राका क्रममा अवलोकनका लागि लाङ्टाङको क्याङ्जेनस्थित मानव बस्ती नजिक रहेको हिमनदी, अग्ला हिमाल, मिश्रण वनस्पति, वन्यजन्तु रहेका छन् । यसैगरी गोसाइँकुण्डतर्फ भने देवताका पनि देव महादेव भगवान् शङ्कर गोसाइँकुण्ड शिवजी बिराजमान रहनुभएको पवित्र कुण्डमा स्नान र पूजाआजा गर्दा आफ्ना मनेकांक्षा पूरा हुने धार्मिक मान्यता रहिआएको छ ।

पदयात्रीलाई नजिकजस्तै देखिन सकिने हिमाल, उकाली, ओराली भञ्ज्याङ चौतारी, वन, वनस्पति, वन्यजन्तुजस्ता सम्पदाले मनमोहक बनाउने गरेको छ । कोरोनाकै कारण बन्द रहेको पर्यटकीय पदमार्ग चलायमान हुन थालेसँगै आफूहरु उत्साहित हुन थालेको होटल व्यवसायीले जनाएका छन् । (रासस) :

प्रतिकृया दिनुहोस

 

Related Articles

Back to top button