समाचार

गायिका सुमन थापा मगर स,वा,री दु,र्घ,ट,नामा परि अनुहारमा ग,म्भी,र चोट, ठ,क्क,र दिने चालक भने फरार

लोकप्रिय गीत झ्यालमा पर्दा छकी गायिका सुमन थापा मगर सवारी दुर्घटना परि घाइते भएकी छिन।अनुहारमै गम्भीर चोट लागेपछि उनि अस्पताल भर्न भएकी छिन।कान्तिपुर अस्पतालमा भर्ना भएकी सुमनको अहिलेको अबस्था भने सामान्य रहेको मोडल उसा सुबेदीले लालीगुराँस डटकमलाइ जानकारी दिईन।

दिउँसोको समयमा बबरमहलमा स्कुटीमा आफ्नो गन्तव्यतिर हिडिरहेकी थापालाई पछाडिबाट तीव्र गतिमा आएको मोटरसाइकलले ठक्कर दिदा उनि घाइते भएकी हुन्। उनलाई ठक्कर दिने मोटरसाइकल र चालक भने फरार छ,ठक्कर दिने चालकको खोजिकार्य अगाडी बढाईएको पारिवारिक श्रोतले जानकारी दिएका छन।

झ्यालमा पर्दा छ गीतबाट उनि एकाएक सबैको मन मुटुमा बस्न सफल भएकी गायिका हुन्।अहिले सुमनले गाएका धेरै दोहोरीहरु युटुबको ट्रेनिङमा परेको हुन्छ।उनि सबैको प्यारी गायिका हुन्। नेपाली लोक संगीतले रुचाईएकि गायिका सुमनको यो अबस्था भए संगै सबै शुभचिन्तक चिन्तित छन भने उनको स्वास्थ्य लाभको कामना गरिरहेका छन।

सुमनको अनुहारमा ठुलो चोट लागेको कारण यो बेला उनको अनुहार सुन्निएको छ भने खुट्टाको एउटा नसा पनि छिनेको गायिका अमृता लामिछानेले लालीगुराँस डटकमलाइ जानकारी दिईन।सुमन अहिले अमृताकै डेरामा बसिरहेकी छिन।सुमनको उपचार पछि घर ल्याइएको हो।केहि दिन आराम गर्न डाक्टरले सुमनलाइ अनुरोध गरेको बताईएको छ।

सुमन दशैंको किनमेल गरि घर जाने तयारीमा रहेकी थिइन।घर जानको लागि सामान किन्न हिडेकी सुमनको यो अबस्था भएको हो।रगत धेरै बगेको र कमजोर भएको भन्दै उनलाई राजधानीमाइ राखेर केयर गर्नु पर्ने डाक्टरको भनाइ छ।सुमनको स्कुटीमा पनि क्षेती पुगेको छ।ठक्कर दिने मोटरसाइकलको अझै पहिचान खुल्न नसक्दा समस्या भएको छ।

काठमाडौँ । रूपन्देहीस्थित तिनाउँ नदीको उकास क्षेत्र मोतीपुरको केही भाग सुकुमबासीले भोगचलन गर्न थाले। त्यहाँको झन्डै डेढ सय बिघा जमिन सुकुमबासीको नाममा भोगचलन भइरहेको छ। त्योसमेत नदी उकास क्षेत्रको थप जमिन गरी ८ सय १३ बिघा ऐलानी जग्गामा सरकारले २०७२ चैत १ गते औद्योगिक क्षेत्र बनाउने निर्णय गर्‍यो। तर त्यहाँको जग्गा भोगचलन गर्दै आएकाले विरोध जनाए।

गत फागुन २८ मा तत्कालीन अर्थमन्त्री विष्णु पौडेल र उद्योगमन्त्री लेखराज भट्टलाई त्यहाँका स्थानीयले फर्काइदिएका थिए। मन्त्रीद्वय औद्योगिक क्षेत्र शिलान्यासका लागि भन्दै मोतीपुर पुगेका थिए। स्थानीयले बिथोलिदिएका कारण कार्यक्रम हुन पाएको थिएन। ‘त्यहाँ बसिरहेका नागरिकसँग उनीहरूको व्यवस्थापनका विषयमा धेरै पटक सरोकारवाला पक्षसँग छलफल भएको पनि हो,’ रूपन्देही उद्योग वाणिज्य संघका अध्यक्ष माधव पौडेलले भने, ‘उनीहरूको उचित व्यवस्थापन गर्ने भन्नेमा सरकार पक्ष थियो। सहमति भइसकेको भने थिएन।’यो समाचार आजको नागरिक दैनिकमा छ ।

२०७२ फागुनमा सरकारले ५ वर्षसम्म औद्योगिक क्षेत्र निर्माण गरिसक्ने जनाएको थियो तर ६ वर्ष पुग्दा पनि निर्माणको काम हुन सकेन। ‘औद्योगिक क्षेत्रको डिपिआरको काम भएको थियो, त्यसभन्दा थप काम हुन सकेन,’ औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड रूपन्देहीका प्रमुख निमेष अधिकारीले भने, ‘स्थानीयको असहमतिले पनि कामले गति लिन नसकेको हो।’ २०७२ मा औद्योगिक क्षेत्र बनाउने सरकारको निर्णयमुताबिक त्यो जग्गा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा पास गरिएको थियो।

त्यहाँ बस्दै आएका नागरिकको समस्या समाधान नहुँदै थप जमिन पनि क्रमशः अतिक्रमण हुन थाल्यो। फलतः त्यहाँ बनाइएका टहरा हटाउने क्रममा भएको झडपमा आइतबार चारजनाले ज्यान गुमाउनुपर्‍यो भने थुप्रै घाइते भए।

प्रतिकृया दिनुहोस

 

 

Related Articles

Back to top button