सलोन बस्नेतले ‘महानायक’ प्रकरणमा राजेश हमालका फ्यानसँग यसरी मागे माफी !
बेलाबखतमा राजेश हमाललाई लिएर विवाद बढ्ने गरेका छन् । ‘महानायक’ उनलाई मान्ने कि नमान्ने भन्ने विषयमा विवाद हुने गरेको छ ।गत वर्ष निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले राजेशको विषयमा टिप्पणी गरेपछि उनले माफी नै माग्नु पर्याे ।
बालकलाकार हुँदै आफ्नो फिल्मी यात्रामा रहेका सलोनले आइतबार बिहान फेसबुकमा स्ट्याटस लेख्दै राजेश हमालका फ्यानसँग माफी मागेका छन् । उनले हमाललाई महानायक नमान्नु सचेत मनको निर्णय नभएको भन्दै आफूलाई माफी दिन दर्शकसँग आग्रह गरेका छन् ।
केही समययता उनको फिल्मलाई दर्शकहरूले बहिष्कार गर्ने घोषणा गर्दै आएका छन् । फलत: उनको फिल्मको सार्वजनिक गीत र ट्रेलरमा नकारात्मक कमेन्ट धेरै छन् भने लाइकको तुलनामा डिसलाइक बढी ।
किनकि केही दिनअघि सलोनले आफूले खेलेको फिल्म ‘डाँडाको वरपीपल’को ट्रेलर सार्वजनिक कार्यक्रममा महानायकको परिभाषा थाहा नभएको प्रतिक्रिया दिएका थिए । योभन्दा अघि भने यही फिल्मको गीत सार्वजनिक कार्यक्रममा अभिनेता भुवन केसी र शिव श्रेष्ठले एक अर्कालाई महानायक र गौरी मल्ललाई महानायिका भनेपछि राजेश हमालका फ्यान भड्किएका थिए ।
सलोनले राजेश हमालका फ्यानबाट निरन्तर साइबर बुलिङ भएको भन्दै माफी माग्ने निर्णय गरेको सामाजिक सञ्जालमार्फत जनाएका छन् ।स्ताे छ सलाेनकाे भनाइ
माफ गरिदिनुस् नेपाली जनता, समय विडम्बनाको थियो । म अल्मलिएका थिएँ र बुझ्न सकिनँ । मेरो हुर्काइ यही ठाउँमा भयो । म तिनै इतिहासका मायामा बढ्दै गएँ ।
म बुझ्न सक्ने हुनुभन्दा अगाडि नै एक महान व्यक्तिले ‘नेपालीबाबु’ नामक सिनेमामार्फत सिनेमा संसार बुझाइ दिनुभयो । ‘कर्म’ नामक सिनेमामा काम गर्दा आफ्नो बुवा हुँदाहुँदै अर्का महान हस्तीका लागि आफ्नो शिर मुन्डन गरे र उनैले सिनेमाका लागि गरिने त्याग र यसको महत्व बुझाए ।
जीवनमा सबैभन्दा बढी सिनेमा (कर्णवीर, ठूले, आशीर्वाद, हामी तीन भाइ, अनमोल आदि), सिनेमा जगतकै सबैभन्दा सफल अग्रज व्यक्तिसँग काम गर्ने मौका पाएँ र उहाँबाट सच्चा नायकका सिप सिक्न पाएँ । मेरो पिँढीको सबैभन्दा भाग्यमानी कलाकार लाग्थ्यो आफू । मलाई थाहा थिएन, दिन यस्तो आउला जब मैले उहाँहरूमा फरक छुट्याउनु पर्नेछ भनेर । मैले सोच्न सकिनँ, सायद यही हडबडाहटमा बोल्न पनि जानिन ।
मेरो अहं, मेरो गर्व, मेरो धर्म, मेरो कर्म सबै जहाँ सिकें त्यो मुहारलाई १, २ र ३ गरेर छुट्याउनु मेरो हैसियतभन्दा धेरै माथिको कुरा लाग्यो । शब्द छनोट गलत भयो मेरो तर मनबाट गलत सोचेको छैन । सबैसँग माफी माग्न चाहन्छु मेरो शब्दले असर पर्न गएकोमा ।
मैले आजसम्म जीवनमा सिनेमाबाहेक केही सोच्न वा गर्न सकेको छैन । मेरो सत्य यही हो, मलाई गलत नबनाइदिनु ।
झापा- झापाको एउटा सहकारी संस्थाले दसैँको अवसर पारेर ज्येष्ठ, एकल महिलालगायत ९३५ सदस्यलाई रु एक करोड सात लाख ४९ हजार सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।विर्तामोडको चारपानेमा केन्द्रीय कार्यालय रहेको र प्रदेशका विभिन्न जिल्लामा सेवा केन्द्र भएको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आज भत्ता स्वरुप सो रकम वितरण गरेको हो । संस्थाका कार्यकारी प्रमुख महेन्द्र गिरीले आफ्नो संस्थामा आवद्ध सदस्यको जीवनयापन सहज बनाउनका लागि विगतदेखि नै एकल महिला, ज्येष्ठ सदस्य र एकल पुरुषलाई भत्ता र मृतकका परिवारलाई राहत रकम वितरण गरिँदै आएको बताउनुभयो ।
उहाँका अनुसार ५९२ एकल महिलालाई रु ४७ लाख ३६ हजार, २४२ ज्येष्ठ सदस्यलाई रु १६ लाख ७६ हजार र १२ एकल पुरुषलाई रु ७२ हजार प्रदान गरिएको छ । ७५ वर्ष पुगेका वा मृत्यु भएको खण्डमा परिवारलाई जीवनयापनमा सहायता पु¥याउनका लागि सहाराले परिवार राहत कार्यक्रमअन्तर्गत जनही रु पाँच लाख प्रदान गर्दै आएको छ । यो राहतबापत १७ जनालाई रु २६ लाख वितरण गरिएको छ । दिवङ्गत भएका शेयर सदस्य तथा कर्मचारीको ६३ परिवारलाई संस्थाले स्मृति कार्यक्रमअन्तर्गत रु १५ लाख ७५ हजार वितरण गरेको छ ।
शेयर सदस्य रहेका पूर्ण अशक्त नौ जनालाई हौसला कार्यक्रममार्फत रु १० हजारका दरले रु ९० हजार प्रदान गरेको छ । कोभिड १९ बाट ज्यान गुमाएका संस्थाको विराटनगर सेवा केन्द्रका अनुगमन अधिकृत यादव बस्नेतको स्मृतिमा रु १० लाखको अक्षयकोष परिवारका तर्फबाट स्थापना गरिएको घोषणा गरिएको छ । अक्षयकोषको ब्याजबाट प्राप्त हुने रकमबाट प्राणघातक रोगका बिरामीलाई सहयोग गरिने संस्थाका उपनिर्देशक लक्ष्मण खतिवडाले जानकारी दिनुभयो । सोही कार्यक्रममा बिर्तामोड–८ का एकल महिला रेणुका नेपाललाई सामाजिक रुपान्तरणमा योगदान पु¥याएबापत विशेष सम्मान गरिएको छ । उहाँले आफ्नो श्रीमान्को मृत्युपछि चुरा, पोते फाल्नु नपर्ने र रातो सारी लगाउन हुने अभियानको अगुवाइ गर्दै आउनुभएको छ ।
सहाराले जीवन बरदान कार्यक्रमअन्तर्गत सदस्य पुरुषका बुबाआमा तथा महिला सदस्यका सासू ससुराको मृत्यु भएमा रु ६० हजार र स्वयं सदस्यको मृत्यु भएमा रु एक लाखदेखि पाँच लाखसम्म राहत प्रदान गर्दै आएको संस्थाका धुलावारी सेवा केन्द्रका प्रमुख अरुण श्रेष्ठले जानकारी दिनुभयो । सदस्य बिरामी हुँदा रु १० लाखसम्म उपचार खर्च, कोरोना लागेर अस्पताल बस्नुपरे तीन लाखसम्म उपचार खर्च र कोरोना पोजेटिभ भई होम आइसोलेशनमा बसेका सदस्यलाई सात हजारसहित पोषण सामग्री प्रदान गर्ने समेत उहाँले बताउनुभयो