समाचार

श्रीमानले बाटो कुरिरहेका थिए ,अमेरिका जाने तयारी गर्दै थिइन तर दशैंको मुखमा घट्यो यस्तो घ’टना (

रपन्देहीमा फेरी एक सोच्ने नसकिने घ’टना घटेको छ। जहाँ रुपन्देही धबाहामा अनिता को घर पर्दछ। अनिताले आफ्नो घर नजिकै सुमन खनाल संग २ बर्ष अघि मात्र मागी बिबाह गरेकी हुन्। बिबाह पछि उनको श्रीमान अमेरिका बस्ने भएको हुनाले उनि पनि आज को दिनमै अमेरिका जादै थिइन्। धेरै बर्ष पछि श्रीमान संग भेट्न पाउदा दुवैजना नै खुशी थिए। अमेरिका जाने तयारी गर्दै गर्दा अनिता आफ्नो कोठामा झु’न्डिए’को अवस्थामा फे’ला परिन।

असोज 23 गते शनिवार, अथार्त आज कै दिन ९ बजे अनिताको अमेरिका जाने फलाईट थियो । श्रीमान अमेरिका भएका कारण उनकै साथ बस्नकालागि अनिताले अमेरिका जाने भिसा लगाएकी थिईन् । उता अमेरिकामा श्रीमान सुमनले श्रीमतीलाई स्वागत गर्नकालागि तयारी सुरू गरिरहेका थिए र यता पनि अनितालाई बिदाईको उस्तै तयारी चलिरहेको थियो । घरमा बिदाईकोलागि साईतको टिका मुछिएको थियो। माईती घर पसेर अनिता बुवा सगँ मनकामना मन्दिर दर्शन गरेर अमेरिका जाने तालिका मिलाईएको थियो।

छोरीको प्रतिक्षामा माईतीहरू बसिरहेका थिए तयारी अन्तिम हुदै थियो त्यतिकैमा छोरीको घरबाट एउटा फोन आयो जसकोकारण माईतीमा रूवाबासी चल्न थाल्यो। माईती पक्ष आत्तालिदै छोरीको घर पुग्दा छोरी अनिता आफ्नै कोठो भित्र झु’ण्डिरहेकी हुन्छिन। घ’टना यहि असोज २० गते बुधवार दिउसो झण्डै २ बजे तिरको हो । अनिताको नोट लेख्ने बानि रहेछ जुन नोट हामिले फेला पारेकाछौँ जसमा उनले घरमा भोगेका कुराहरू सबै लेखेकीछन् ।

समग्रमा उनले लेखेको कुराहरूबाट यो बुझ्न सकिन्छ कि घर परिवारबाट उनले माया पाउन सकेकिछैनन्। श्रीमानले माया गरेपनि सासु र देवरले उनलाई टचर दिने, दाईजो देखि लिएर पैसा र सुनका बिषयमा सासुले यातना दिने जस्ता कुराहरू उनले नोटमा लेखेकिछन्। अनिता रेग्मीको २ वर्ष ८ महिना अघि सुमन खनालसगँ माघि बिवाह भएको थियो , बिहे भएको १ महिना पछि सुमन अमेरिका गएका थिए।

दिउँसो घर आएर नै कुरा गर्छु है बुबा ।’ गत बुधबार अर्थात् असोज २० गते बिहान करिब साढे ७ बजेतिर बाबु रामचन्द्रसँगको केही समय भेट्दा अनिता रेग्मीले भनेकी थिइन्। केही दिनअघि माइतीघरमा आएकी छोरीले दराजको साँचो छोडेपछि बिहान नै साँचो पुर्‍याउन रामचन्द्र छोरीको घर नजिकै पुगेका थिए। २० मिनेटजति मोटरसाइकलको यात्रा गरेर बाबुले बुटवल उपमहानगरपालिका–१३ स्थित ढावहलवामा छोरी अनिताको घर नजिकै पुगेर साँचो दिए। तर, उनी छोरीको घरमा भने गएनन्। छोरीसँग दिउँसो भेट्ने आशामा उनी त्यहीबाटै फर्किए। दिउँसो छोरीसँग भेटघाट हुनेमा विश्वस्त थिए, उनी।

झापा- झापाको एउटा सहकारी संस्थाले दसैँको अवसर पारेर ज्येष्ठ, एकल महिलालगायत ९३५ सदस्यलाई रु एक करोड सात लाख ४९ हजार सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।विर्तामोडको चारपानेमा केन्द्रीय कार्यालय रहेको र प्रदेशका विभिन्न जिल्लामा सेवा केन्द्र भएको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आज भत्ता स्वरुप सो रकम वितरण गरेको हो । संस्थाका कार्यकारी प्रमुख महेन्द्र गिरीले आफ्नो संस्थामा आवद्ध सदस्यको जीवनयापन सहज बनाउनका लागि विगतदेखि नै एकल महिला, ज्येष्ठ सदस्य र एकल पुरुषलाई भत्ता र मृतकका परिवारलाई राहत रकम वितरण गरिँदै आएको बताउनुभयो ।

उहाँका अनुसार ५९२ एकल महिलालाई रु ४७ लाख ३६ हजार, २४२ ज्येष्ठ सदस्यलाई रु १६ लाख ७६ हजार र १२ एकल पुरुषलाई रु ७२ हजार प्रदान गरिएको छ । ७५ वर्ष पुगेका वा मृत्यु भएको खण्डमा परिवारलाई जीवनयापनमा सहायता पु¥याउनका लागि सहाराले परिवार राहत कार्यक्रमअन्तर्गत जनही रु पाँच लाख प्रदान गर्दै आएको छ । यो राहतबापत १७ जनालाई रु २६ लाख वितरण गरिएको छ । दिवङ्गत भएका शेयर सदस्य तथा कर्मचारीको ६३ परिवारलाई संस्थाले स्मृति कार्यक्रमअन्तर्गत रु १५ लाख ७५ हजार वितरण गरेको छ ।

शेयर सदस्य रहेका पूर्ण अशक्त नौ जनालाई हौसला कार्यक्रममार्फत रु १० हजारका दरले रु ९० हजार प्रदान गरेको छ । कोभिड १९ बाट ज्यान गुमाएका संस्थाको विराटनगर सेवा केन्द्रका अनुगमन अधिकृत यादव बस्नेतको स्मृतिमा रु १० लाखको अक्षयकोष परिवारका तर्फबाट स्थापना गरिएको घोषणा गरिएको छ । अक्षयकोषको ब्याजबाट प्राप्त हुने रकमबाट प्राणघातक रोगका बिरामीलाई सहयोग गरिने संस्थाका उपनिर्देशक लक्ष्मण खतिवडाले जानकारी दिनुभयो । सोही कार्यक्रममा बिर्तामोड–८ का एकल महिला रेणुका नेपाललाई सामाजिक रुपान्तरणमा योगदान पु¥याएबापत विशेष सम्मान गरिएको छ । उहाँले आफ्नो श्रीमान्को मृत्युपछि चुरा, पोते फाल्नु नपर्ने र रातो सारी लगाउन हुने अभियानको अगुवाइ गर्दै आउनुभएको छ ।

सहाराले जीवन बरदान कार्यक्रमअन्तर्गत सदस्य पुरुषका बुबाआमा तथा महिला सदस्यका सासू ससुराको मृत्यु भएमा रु ६० हजार र स्वयं सदस्यको मृत्यु भएमा रु एक लाखदेखि पाँच लाखसम्म राहत प्रदान गर्दै आएको संस्थाका धुलावारी सेवा केन्द्रका प्रमुख अरुण श्रेष्ठले जानकारी दिनुभयो । सदस्य बिरामी हुँदा रु १० लाखसम्म उपचार खर्च, कोरोना लागेर अस्पताल बस्नुपरे तीन लाखसम्म उपचार खर्च र कोरोना पोजेटिभ भई होम आइसोलेशनमा बसेका सदस्यलाई सात हजारसहित पोषण सामग्री प्रदान गर्ने समेत उहाँले बताउनुभयो

 

Related Articles

Back to top button