समाचार

कैदीका लागि कारागार बन्यो आम्दानीको स्रोत, सिलाई व्यवसायबाट गर्छन मनग्य आम्दानी

दार्चुला, २४ असोज – जिल्ला कारागारभित्रका कैदीबन्दीको कारागार नै आम्दानीको स्रोत बनेको छ । कारागारभित्रै कदीबन्दीले सिलाई व्यवसाय सञ्चालन गरेर आम्दानी गर्न थालेका छन् ।कारागार बाहिर हुँदा सिलाइ व्यवसाय गर्दै आएका गुरुदेव रानाको अहिले कारागारभित्रै सामान्यतया रु छ÷सात हजार आम्दानी हुने गरेको छ । आफूले बाहिर पसल सञ्चालन गर्दा चिनेका ग्राहक अहिले पनि भित्रै सिलाउन आउने गरेका छन् ।

“त्यतिकै बस्नुभन्दा आफ्नो सीपको प्रयोग गरेर बसेको छु”, रानाले भन्नुभयो, “भित्रै कपडा सिलाउन कारागार प्रशासनले सिलाइ मेसिन उपलब्ध गराएको छ ।” रानाले कारागारको बाहिर नै सिलाइकटाईका लागि बोर्ड राख्नुभएको छ ।

बजारको मूल्यभन्दा सस्तो मूल्यमा लुगा सिउने काम गर्ने गरेको उहाँले बताउनुभयो । बाहिरको मूल्यभन्दा रु १०० कम मूल्यमा कपडा सिलाउने गरेको छु । उहाँले भन्नुभयो, “बाहिर हुँदा भाडा तिर्नुपर्ने हुन्थ्यो, भित्र भाडा तिर्नुपर्दैन्, रु १०० कम गर्दा पनि आफ्नो व्यक्तिगत खर्च चलाउन पुगिहाल्छ ।”

उहाँ मात्र होइन अहिले कारागारभित्र तीन जना सिलाइ व्यवसाय गर्ने व्यक्ति छन् । कपिलरा कोली, धीरज परिवार पनि गुरुदेव रानासँगै सिलाइ गर्छन् । “अहिले मेसिन अभाव भएको छ”, कारागारका जेलर वीरेन्द्रसिंह धामीले भन्नुभयो, “मेसिनका लागि माग भएको छ, पहिले एक जना मात्रै लुगा सिउने व्यक्ति थिए, अहिले दुई जना थपिएसँगै तीन जना पुगेका छन् ।” त्यतिकै बस्नुभन्दा सिकेको सीप प्रयोग गर्छौ भनेपछि मेसिनदेखि उनीहरुलाई चाहिने समान व्यवस्थापन गरिदिएको उहाँले बताउनुभयो ।

थप मेसिन र कारागारका कैदीबन्दीका लागि आवश्यक तालिम दिने तयारी गरिएको उहाँ बताउनुहुन्छ । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको जनाइएको छ । पच्चीस पुरूष र १५ महिलाको क्षमता रहेको जिल्ला कारागारमा ६१ कैदीबन्दी राखिएपछि समस्या भएको कैदीबन्दीले गुनासो गरेका छन् ।(रासस)

यो पनि पढ्नुहोस: पोखराकी बिनाको घरमा ९ जना पुरुषले गर्दा रहेछन् यस्तो अनौठो काम

काठमाडौं, १८ असोज(काठमाडौं महानगरपालिका(६ बौद्ध तिनचुली नागमन्दिर नजिकै कुल बहादुर सुनुवारको घरमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका(६ बौद्ध बस्ने ४० वर्षीय सन्जु थापा लगायत ११ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।

उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ८२ हजार ७ सय ५ रुपैयाँ, १ बुक तास र २७ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो।

कास्की, पोखरा महानगरपालिका(१९ गैरीखोर बस्ने बिना पुनको घरमा तास खेलिरहेको अवस्थामा सोही महानगरपालिका(१९ लामाचौर बस्ने अन्नपूर्ण गाउँपालिका घर भएका ६२ वर्षीय याम गुरुङ लगायत ९ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।

उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३४ हजार ३ सय ७० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो।

यसैगरी कास्की, पोखरा महानगरपालिका(१९ लामाचौर बस्ने हरिमायाँ पुनको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने माछापुच्छ्रे गाउँपालिका घर भएका २७ वर्षीय राजु पुन लगायत ९ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।

उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४५ हजार ७ सय ५० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

 

Related Articles

Back to top button