कर्णालीमा डुङ्गा पल्टिँदा १८ वर्षीया अनिता बे,प,त्ता,पाँच जनाले पौडिएर ज्याxन बचाए
,
कर्णाली- कर्णाली नदीमा डुङ्गा पल्टिँदा पश्चिम सुर्खेतकी एक युवती बे,प,त्ता भएकी छिन् । कैलालीको मोहन्याल गाउँपालिकातर्फ जाने क्रममा आज बिहान डुङ्गा पल्टिँदा चौकुने गाउँपालिका– १० घाटगाउँकी १८ वर्षीया अनिता नेपाली बे,प,त्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
सुर्खेतको चौकुने गाउँपालिका– १० र कैलालीको मोहन्याल गाउँपालिका– ३ को सिमानामा पर्ने कर्णाली नदीमा डुङ्गा पल्टिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले डुङ्गामा सवार छ जनामध्ये पाँच जना पौडिएर ज्यान जोगाउन सफल भएका बताउनुभयो ।
डुङ्गामा एक पुरुष र पाँच महिला यात्रु सवार थिए । दसैँमा घर लिपपोतका लागि कमेरो र रातो माटो लिन उनीहरु मोहन्याल गाउँपालिकामा पर्ने सोल्टा भन्ने स्थानतर्फ लागेको बताइएको छ । यसअघि साउन २१ गते सोही स्थानमा डुङ्गा पल्टिँदा बे,प,त्ता भएका दुई जनाको शxव अझैं फेला परेको छैन् ।
यो पनि पढ्नुहोस: पोखराकी बिनाको घरमा ९ जना पुरुषले गर्दा रहेछन् यस्तो अनौठो काम
काठमाडौं, १८ असोज(काठमाडौं महानगरपालिका(६ बौद्ध तिनचुली नागमन्दिर नजिकै कुल बहादुर सुनुवारको घरमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका(६ बौद्ध बस्ने ४० वर्षीय सन्जु थापा लगायत ११ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।
उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ८२ हजार ७ सय ५ रुपैयाँ, १ बुक तास र २७ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो।
कास्की, पोखरा महानगरपालिका(१९ गैरीखोर बस्ने बिना पुनको घरमा तास खेलिरहेको अवस्थामा सोही महानगरपालिका(१९ लामाचौर बस्ने अन्नपूर्ण गाउँपालिका घर भएका ६२ वर्षीय याम गुरुङ लगायत ९ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।
उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३४ हजार ३ सय ७० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो।
यसैगरी कास्की, पोखरा महानगरपालिका(१९ लामाचौर बस्ने हरिमायाँ पुनको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने माछापुच्छ्रे गाउँपालिका घर भएका २७ वर्षीय राजु पुन लगायत ९ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।
उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४५ हजार ७ सय ५० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।