ठूलो परिमाणमा प,ट,का लुकाएर राख्ने एक जना प,क्रा,उ
काठमाडौं । दशैं तिहार नजिकिँदै गर्दा ठुलो परिमाणमा भण्डारण गरिएको अवैध आतिसबाजी एवं पटका सहित एक जना पक्राउ परेका छन।
प्रकाउ पर्नेमा बारा घर भई हाल कुपण्डोल बस्दै आएका ३० बर्षीय उमेश कुमार जैसवाल छन्।
विभिन्न मितिमा उपत्यका बाहिरबाट गैह्रकानूनी रुपमा लुकाई छिपाई ल्याएको पटका, भुईचम्पा लगायतका आतिसबाजीजन्य विष्फोटक पदार्थहरु बिक्री बितरण गर्न भण्डारण भईरहेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
महाशाखाबाट खटिएको प्रहरी टोलीले असोज २३ गते कुपण्डोल, गुसिंगलमा टहरा भाडामा लिई भण्डारण गरिएको अवस्थामा जैसवाललाई २० लाख बढीको आतिसबाजीजन्य विष्फोटक पदार्थहरु सहित पक्राउ गरेको जनाएको छ।
मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ को विष्फोटक पदार्थ सम्बन्धी कसुर अन्तर्गतको मुद्दामा आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर जावलाखेल, ललितपुर पठाईएको प्रहरीको भनाई छ।
यो पनि पढ्नुहोस: पोखराकी बिनाको घरमा ९ जना पुरुषले गर्दा रहेछन् यस्तो अनौठो काम
काठमाडौं, १८ असोज(काठमाडौं महानगरपालिका(६ बौद्ध तिनचुली नागमन्दिर नजिकै कुल बहादुर सुनुवारको घरमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका(६ बौद्ध बस्ने ४० वर्षीय सन्जु थापा लगायत ११ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।
उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ८२ हजार ७ सय ५ रुपैयाँ, १ बुक तास र २७ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो।
कास्की, पोखरा महानगरपालिका(१९ गैरीखोर बस्ने बिना पुनको घरमा तास खेलिरहेको अवस्थामा सोही महानगरपालिका(१९ लामाचौर बस्ने अन्नपूर्ण गाउँपालिका घर भएका ६२ वर्षीय याम गुरुङ लगायत ९ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।
उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३४ हजार ३ सय ७० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो।
यसैगरी कास्की, पोखरा महानगरपालिका(१९ लामाचौर बस्ने हरिमायाँ पुनको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने माछापुच्छ्रे गाउँपालिका घर भएका २७ वर्षीय राजु पुन लगायत ९ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।
उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४५ हजार ७ सय ५० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।