टिकटक बनाएर बस्ने ११ सरकारी कर्मचारीको जागिर चट
ऐजेन्सी – पछिल्लो समय विश्वमञ्जमा छोटो भिडियोको लागि निकै चर्चित एप हो टिकटक । यो बर्ष धेरै डाउनलोडा हुने एपको रुपमा फेसबुकको एकाकरलाई तोडदै एक नम्बरमा समेत पर्न सफल भएको छ ।यो एपबाट लुकेर रहेको प्रतिभाहरु बाहिर उजागार गर्दै सबै सामु चिन्न अनि चिनाउन समेत सफल भएको छ । पर्यटन क्षेत्र होस या अन्य क्षेत्र यसको माध्यमबाट लाखौ लाख सम्म पुग्ने भएकाले छिटै प्रचार प्रसार गर्नमा मद्दत पुगेको यसको सबल पक्ष हो भने टिकटक बनाउने नाममा कतिपयले अल्प आयुमै आफ्नो ज्या’न गु’माईरहेका छ ।
युवा पिडी होस चाहे बुडाबुडि नै किन नहोस टिकटकमा छोटो भिडियो बनाई अपलोड गरेर सवै माझ निकै भाईरल भइरहेको छ । यो एप कलाकारिता क्षेत्रमा लाग्नेको लागि भने एक अचुक औषधी नै बन्न पुगेको छ ।
टिकटक सावैको सामु भाईरल हुने नाममा मान्छेहरु यति सम्म गर्छन कि त्यो हाम्रो कल्पनाको विषय भन्दा बाहिरको विषय हो । यो एपलाई विश्वको विभिन्न देशमा बन्द गर्ने क्रम भने जारी रहेको छ । यो एप भारतमा पनि चिनसँगको विवादसँगै बन्द रहेको छ ।
यो चाईनिज एप भन्दै बन्द गरेको हो । तर टिकटक भारतमा बन्द हुनु भन्द अगिाडि भारतमा एक रोचक घटना घटेको छ ।भारतको तेलंगााना खम्मम नगर निगमले कार्यलय समयमा कार्यलयको काम नगरी टिकटकमा समय विताएको भन्दै निगमको ११ कर्मचारीलाई तलब कटौती गर्नुका साथै उनीहरुको तलब नदिने तथा जागिरबाट समेत निकाली काराबाही गरेको छ ।
कार्यालय समयमा कार्यलयको काम नगरी टिकटक भिडियो बनाइरहेको बेला उनीहरुलाई पटक पटक फेला परेको थियो । त्यतिमात्रै नभएर उनीहरुले बनाएको उक्त भिडियो सोसल मिडियामा भाईरल हुनेको साथै टेलिभिजनका लागि समाचार समेत बनेको बताइएको छ ।
यसरी कार्यलय समयमा भिडियो बनाएर कार्यलयको बेइज्जत गरेको भन्दै करारमा भर्ना गरिएका ११ जना कर्मचारीलाई तलब कटौति गर्ने,सरुवा गर्ने आदेश निगम प्रमुखले दिएका थिए ।
राँझा, २४ असोज – नेपालीको महान् पर्व दसैँ–तिहार पर्वमा हुनसक्ने अवाञ्छित गतिविधि रोक्न नेपालगञ्जस्थित नेपाल–भारत जमुनाहानाकामा तालिमप्राप्त कुकुर परिचालन गरिएको छ ।शनिबारदेखि तालिमप्राप्त कुकुरसहितको सुरक्षा जाँच सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार दसैँ, तिहारलक्षित विशेष सुरक्षा योजनाअन्तर्गत नेपाल–भारतसँग जोडिएको सो नाकामा तालिमप्राप्त कुकुरको सहयोगमा नेपाल भित्रिने यात्रुलाई जाँच गर्ने गरिएको छ ।
भारतबाट नेपाल प्रवेश गर्ने तथा नेपालबाट बाहिरिने यात्रु र सवारी साधनको जाँच गरिएको हो । कर्णाली प्रदेश प्रहरी केनाइन शाखाको डग हेन्डलरसहित सुरक्षाकर्मी सीमानाकामा खटिएका छन् । नेपाल प्रहरीका दुईवटा कुकुर लब्ली र ब्यूटीले भारतबाट नेपाल आएका मानिस तथा सवारीसाधनलाई जाँच गरेको थियो । लब्लीले विष्फोटक पदार्थ र हातहतियार तथा ब्यूटीले लागुऔषधसम्बन्धी जाँच गरेको थियो ।
सीमावर्ती भारतीय सहर रुपैडिहाबाट अवैधरूपमा लागुऔषध आयात हुने गर्दछ । नाकामा खटिएको प्रहरीले विशेष सुराकी र शङ्काका आधारमा जाँच गर्दा बेला–बेलामा लागुऔषध बरामद हुने गरेको छ । तालिमप्राप्त कुकुर परिचालनपछि सीमा क्षेत्रबाट हुने अवैध लागुऔषधको कारोबार तथा आपराधिक कार्य रोक्नमा ठूलो सहयोग हुने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक न्यौपानेले बताउनुभयो ।
नेपालगञ्ज नाकामा यतिबेला दसैँ मान्न आउनेको भीडभाड छ । उक्त नाका खुलेसँगै सीमावर्ती भारतीय सहर रुपैडिहामा किनमेलका लागि जाने नेपाली उपभोक्ताको पनि भीडभाड बढेको छ ।(रासस)
प्रतिकृया दिनुहोस