दाङमा २ लाख बढी रकमसहित जु,वाको खालबाट १३ जना प,क्रा,उ
दाङ, असोज २४। दाङमा २ लाख बढी रकमसहित जुवाको खालबाट १३ जना प,क्रा,उ परेका छन् । घोराही उपमहानगरपालिका वडा नं. ९ दुबीचौरा स्थित श्यामलाल चौधरीको घरमा जुवा खेलिरहेका १३ जना गएराती १ बजे २ लाख ७ हजार ३ सय ५ रुपैयाँसहित प,क्रा,उ परेको प्रहरीले बताएको छ।
प,क्रा,उ पर्नेमा घोराही उपमहानगरपालिका वडा नंं. ९ का ५५ वर्षिय दुर्गा बहादुर घर्ती, सोही ठाउँकै ४१ वर्षिय पुष्कर केसी, ५५ वर्षका होमबहादुर केसी, ५८ वर्षका मनबीर चौधरी, ५८ वर्षकै चिल्लु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) मुकुन्दप्रसाद रिजालले बताउनुभयो ।उाँका अनुसार अन्य पक्राउ पर्नेमा वडा नं. ९ कै वर्ष ३१ का कालीचरण चौधरी, ४१ का कमल चौधरी, ५४ का गिरबहादुर केसी, ४९ का कुमार केसी त्यस्तै ३३ वर्षका गोविन्द केसी, २५ का कर्णबहादुर विश्वकर्मा, २० का सन्दिप चौधरी र वर्ष ३४ का विष्णु चौधरी रहेका छन् ।जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी अधिकृतसमेतको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको सूचना अधिकारी तथा डिएसपी रिजालले जानकारी दिनुभयो।
जुवातास खेल्नेलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ को उपदफा ६ बमोजिम महिलो पटकलाई ३ महिनासम्म कैद वा तीस हजार जरिवाना गर्ने र दोस्रो पटकलाई १ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान छ ।
यो पनि पढ्नुहोस: पोखराकी बिनाको घरमा ९ जना पुरुषले गर्दा रहेछन् यस्तो अनौठो काम
काठमाडौं, १८ असोज(काठमाडौं महानगरपालिका(६ बौद्ध तिनचुली नागमन्दिर नजिकै कुल बहादुर सुनुवारको घरमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका(६ बौद्ध बस्ने ४० वर्षीय सन्जु थापा लगायत ११ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।
उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ८२ हजार ७ सय ५ रुपैयाँ, १ बुक तास र २७ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो।
कास्की, पोखरा महानगरपालिका(१९ गैरीखोर बस्ने बिना पुनको घरमा तास खेलिरहेको अवस्थामा सोही महानगरपालिका(१९ लामाचौर बस्ने अन्नपूर्ण गाउँपालिका घर भएका ६२ वर्षीय याम गुरुङ लगायत ९ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।
उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३४ हजार ३ सय ७० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो।
यसैगरी कास्की, पोखरा महानगरपालिका(१९ लामाचौर बस्ने हरिमायाँ पुनको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने माछापुच्छ्रे गाउँपालिका घर भएका २७ वर्षीय राजु पुन लगायत ९ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।
उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४५ हजार ७ सय ५० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
अब, हेर्नुहोस समचारको यो भिडियो