दाङका लोकप्रिय सञ्चारकर्मी तिमिलाइ समाजको लाजले घर आउन दिएन, मलाइ तिमीबिना समाजमा उपस्थिती देखाउन आएन’ भन्दै बि,ष पि,ए
असोज। दाङका लोकप्रिय कार्यक्रम प्रस्तोता तथा सञ्चारकर्मी हेमप्रकाश वलीले नि,ध,न भएको छ । शुक्रबार दिउँसो उपचारका क्रममा बाँकेको कोहलपुर मेडिकल कलेजमा वलीको मृ,त्यु भएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।
करिब एक महिना अगाडिसम्म वली तुलसीपुरस्थित एसटीएन टेलिभिजन च्यानलमा बसह मुलक कार्यक्रमका प्रस्तोता थिए । वलीले रेडियो तुलसीपुरमा लामो समय काम गरेका थिए । सुरुवाति दिनमा उनी सांगेतिक कार्यक्रमका प्रस्तोता भएर धेरैको मन मुटुमा बस्न सफल थिए ।
अघिल्लो बर्षसम्म पनि वली रेडियो तुलसीपुरमा समसामयिक बिषय बस्तुमा बिहान दैनिक हुने बहस मुलक कार्यक्रमका प्रस्तोता थिए । समाचार लेखन र बाचनपनि उनको राम्रो दख्खल थियो ।
सुमधुर स्वरका धनि वलीको कार्यक्रम प्रस्तुति सैलीले उनलाई लोकप्रियताको शिखरमा पु-याएको थियो । रेडियो स्थापना कालमा उनी स्रोता माझ निकै लोकपिय थिए । धेरै स्रोता उनको प्रस्तुति सैली र ओझिलो स्वरका फ्यान थिए । सुमधुर गीत संगीतका पारखी वलीको स्वरपनि मिठो थियो । भबिस्यमा गीत गाउने योजना बुन्दा बुन्दै उनको त्यो सपना अधुरै रहेको छ ।
काठमाडौंमा बस्दा समेत उनी मिडियादेखि टाढा रहन सकेनन् । उनले रेडियो स्टारमा समेत समाचार कक्षमा काम गरेका थिए । त्यहाँ रहँदा पनि उनी समाचार बाचन र लेखनको काम गर्थे । त्यसपछि रोजगारीको खोजीमा कोरियासम्म पुगे । फर्किएर तुलसीपुर ६ मा घर निर्माण गरेपछि वली परिवार तुलसीपुर १० पढ्ढा गाँउबाट तुलसीपुरमा बसाई सरेको थियो ।
बिदेशमै छँदा वलीको पहिलो पत्निसंग सम्बन्धमा दरार पैदा भएको थियो । पछिल्लो समय वलीले दोस्रो बिबाह गरेका थिए । तर,यही बीचमा बिगत केही बर्ष यता उनी डिप्रेसनमा पुगे । उनले केही समय त्यसको औषधीपनि सेवन गर्ने गर्थे । केही समय पछि एक पटक परिवारले उनलाई सुधार गृहमा पनि पठाए ।
यो पनि पढ्नुहोस: पोखराकी बिनाको घरमा ९ जना पुरुषले गर्दा रहेछन् यस्तो अनौठो काम
काठमाडौं, १८ असोज(काठमाडौं महानगरपालिका(६ बौद्ध तिनचुली नागमन्दिर नजिकै कुल बहादुर सुनुवारको घरमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका(६ बौद्ध बस्ने ४० वर्षीय सन्जु थापा लगायत ११ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।
उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ८२ हजार ७ सय ५ रुपैयाँ, १ बुक तास र २७ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो।
कास्की, पोखरा महानगरपालिका(१९ गैरीखोर बस्ने बिना पुनको घरमा तास खेलिरहेको अवस्थामा सोही महानगरपालिका(१९ लामाचौर बस्ने अन्नपूर्ण गाउँपालिका घर भएका ६२ वर्षीय याम गुरुङ लगायत ९ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।
उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३४ हजार ३ सय ७० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो।
यसैगरी कास्की, पोखरा महानगरपालिका(१९ लामाचौर बस्ने हरिमायाँ पुनको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने माछापुच्छ्रे गाउँपालिका घर भएका २७ वर्षीय राजु पुन लगायत ९ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।
उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४५ हजार ७ सय ५० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।