समाचार

आर्थिक सहयोग पाएपछि खुशीले फुरगं छन् राउटे

ली प्रदेशमा बस्दै आएका राउटेलाई आर्थिक सहयोग प्रदान गर्दै जुम्लाको सिँजा गाउँपालिका अध्यक्ष देवलसिंह रावल । राउटे मुखिया नारायणबहादुर शाहीको नेतृत्वमा रारा ताल घुम्न आएको टोलीलाई सो आर्थिक रकम प्रदान गरेको गाउँपालिक अध्यक्ष रावलले बताउनुभयो ।

सानीभेरीमा जीप दुर्घटनामा मृत्यु-रूकुमपश्चिमको सानीभेरी गाउँपालिका–११ अर्मापाखामा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । मृत्युहुनेमा सानीभेरी गाउँपालिका–९ का ३१ वर्षीय जीवन भण्डारीको रहेका जनाइएको छ ।

यात्रु छाडेर फर्किने क्रममा ग१ज ४४५४ नम्बरको जीप सडकबाट १०० मिटर तल खसेर आज विहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा परी दुई जना घाइते भएका छन् । घाइते हुनेमा सानीभेरी–३ का १९ वर्षीय समीर परियार र वडा नं १० का २९ वर्षीय तिलक खड्का रहेको प्रहरीले जनाएको छ । घाइतेको अवस्था सामान्य रहेको र उपचारका लागि चौरजहारी लगिएको छ ।

यो पनि पढ्नुहोस: पोखराकी बिनाको घरमा ९ जना पुरुषले गर्दा रहेछन् यस्तो अनौठो काम

काठमाडौं, १८ असोज(काठमाडौं महानगरपालिका(६ बौद्ध तिनचुली नागमन्दिर नजिकै कुल बहादुर सुनुवारको घरमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका(६ बौद्ध बस्ने ४० वर्षीय सन्जु थापा लगायत ११ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।

उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ८२ हजार ७ सय ५ रुपैयाँ, १ बुक तास र २७ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो।

कास्की, पोखरा महानगरपालिका(१९ गैरीखोर बस्ने बिना पुनको घरमा तास खेलिरहेको अवस्थामा सोही महानगरपालिका(१९ लामाचौर बस्ने अन्नपूर्ण गाउँपालिका घर भएका ६२ वर्षीय याम गुरुङ लगायत ९ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।

उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३४ हजार ३ सय ७० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो।

यसैगरी कास्की, पोखरा महानगरपालिका(१९ लामाचौर बस्ने हरिमायाँ पुनको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने माछापुच्छ्रे गाउँपालिका घर भएका २७ वर्षीय राजु पुन लगायत ९ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।

उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४५ हजार ७ सय ५० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

 

 

Related Articles

Back to top button