दिलकुमार बाराहीलाई ११ लाख रुपैयाँसहित अन्तर्राष्ट्रिय अवार्ड
रातो मच्छिन्द्रनाथ बनाउन ५५ वर्षदेखि संलग्न रहनुभएका दिलकुमार बाराहीलाई यस वर्षको अमूर्त सम्पदा सम्बन्धी अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको छ । कोरियाको झेन्जु नगरले अमूर्त संस्कृति सम्पदा संरक्षणमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तिहरूलाई वर्षेनी सो पुरस्कार दिँदै आएको छ । नेपालीले सो पुरस्कार पाएको यो नै पहिलो पटक हो ।
कोरियाको झेन्जु सहरमा बिहीबार भएको एक समारोहकाबीच उहाँलाई ‘झेन्जु अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मान गरिएको हो । सो वर्ष भौतिक उपस्थिति मा नै प्रदान गर्ने तय गरिए पनि कोरोनाको सङ्क्रमणका कारण अनलाइन मार्फत उहाँलाई सो पुरस्कार प्रदान गरिएको हो । सो पुरस्कारका नगद राशी १० हजार डलर धनराशी (नेपाली रुपैयाँ ११ लाख भन्दा बढी) रहेको छ ।
बाराही रातो मच्छिन्द्रनाथ रथको काठको संरचना बनाउने बाराही नाईके हुनुहुन्छ । सो पुरस्कार ताजिकिस्तानका डा। सिरिन्बेक दाभ्लाटमामाडोभ र इटलीया एल फेल्जलाई पनि प्रदान गरिएको थियो । बाराही नाईकेलाई सो पुरस्कार दिन डा। मोनालिसा महर्जनले विशेष पहल गर्नुभएको थियो ।
नेपालको सम्पदा विषयमा विद्यावारिधि गर्नुभएका महर्जनले सो पुरस्कारको लागि बाराही काम सम्बन्धी विवरणहरु कोरियाको सम्बन्धित संस्था समक्ष पठाउनुभएको थियो । सो पुरस्कारका कारण संस्कृति र सम्पदा क्षेत्रमा काम गर्ने मानिसहरुलाई विशेष प्रोत्साहन मिल्ने पनि डा। महर्जनको भनाई रहेको छ ।
तनहुँको व्यास नगरपालिका–७ का ज्येष्ठ नागरिकलाई शुक्रबार सामाजिक सुरक्षा भत्ता वितरण गर्दै वडाध्यक्ष सतीश न्यौपाने । दशैँमा भत्ता पाएपछि ज्येष्ठ नागरिक खुसी भएका छन् ।
ऋणमा प्रदर्शनी केन्द्र-चितवन, २२ असोज भरतपुरमा निर्माण गरिएको ‘चितवन एक्सपो सेन्टर’ प्रदर्शनी केन्द्रको निर्माण खर्च तिर्न नसकेपछि ऋण लिएर भुक्तानी गरिएको छ । उद्योग सङ्घका जिल्ला पदाधिकारी जमानी बसी बैंकबाट लिएको ऋणबाट आधा रकम बुझाइएको छ भने बाँकीका लागि ऋण खोजी भइरहेको छ ।
सङ्घले निजी क्षेत्र र सरकारी सहयोगमा देशकै ठूलो र अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक प्रदर्शनी केन्द्र निर्माण गरेको हो । सङ्घका अध्यक्ष राजु पौडेलका अनुसार केन्द्र निर्माणका लागि हालसम्म रु ३२ करोड खर्च भईसकेकामा रु १० करोड सङ्घका पदाधिकारी, कार्यसमिति सदस्य, उद्योगी व्यवसायीलगायत निजी क्षेत्रबाट सङ्कलन भएको थियो भने रु १५ करोड नेपाल सरकारले घरेलु तथा साना उद्योगमार्फत उपलब्ध गराएको थियो । बाँकी रु छ करोडभन्दा बढी भुक्तान गर्न बाँकी रहेकामा रु तीन करोड बैंकबाट ऋणमा लिएर निर्माणकर्तालाई भुक्तानी गरिएको उहाँले बताउनुभयो । अध्यक्ष पौडेलले भन्नुभयो, “बाँकी रकम भुक्तानीका लागि ऋण थप गर्दैछौँ ।”
अध्यक्ष, पूर्व अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र पाँच उपाध्यक्ष जवानी बसेर बैंकबाट ऋण लिइएको र नेपाल सरकारको सङ्घ, प्रदेश र स्थानीय तहबाट सहयोग जुटे ऋण तिर्न सकिने अपेक्षा गरिएको जानकारी दिँदै उहाँले बताउनुभयोे, “काम गरेकालाई भुक्तानी दिन ढिलो भएपछि हामी आफँै जवानी बसी ऋण खोजेर केही भुक्तानी ग¥यौँ अब केही बाँकी नै छ ।”
वरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेलका अनुसार प्रदर्शनी केन्द्रमा ढल, बाटो, रङरोगन, जेनेरेटर, फायरफाइटिङ, साउण्ड, सचिवालय व्यवस्थापनलगायत काम गर्न बाँकी छ । ती कामका लागि रु छ करोड हाराहारी खर्च हुने अनुमान छ । बाटोको काम बाग्मती प्रदेश सरकारको रु एक करोडको लागतमा गरिँदै छ । काम सम्पन्न गर्दा रु ३८ करोड हाराहारी खर्च हुने अनुमान छ ।
तीन सय स्टल राख्न सकिने ६० हजार वर्गफिटको केन्द्रमा तीन ठूला बैठककक्ष छन् । ती कक्षको बीचको भाग हटाएर एउटै कक्ष पनि बनाउन सकिने गरी निर्माण गरिएको छ । पूर्ण वातानुकूलित यस कक्ष नेपालकै सबैभन्दा ठूलो भएको उहाँले बताउनुभयो ।