समाचार

पक्राउ गर्न प्रहरी आएपछि रुखमा चढे , प्रहरी ३ दिनसम्म रुखमुनि कुरेर बस्यो अनि भयाे यस्ताे…

आफूलाई पक्राउ गर्न प्रहरी आएको थाहा पाएपछि एकजना आरोपी रुखमा चढेर बसेका थिए । उनी लगभग तीन दिनसम्म रुखमै बसे र प्रहरी पनि ३ दिनसम्म रुखमुनि कुरेर बस्यो । ३ दिनपछि अन्ततः ती व्यक्ति भुइँमा ओलिएका छन् । भुइँमा ओर्लिएपछि उनलाई प्रहरीले हिरासतमा राखेको छ ।

अमेरिकाको न्यूयोर्क शहरको क्विन्समा रुखमा चढेर बसेका उनी स्थानीय समयअनुसार शुक्रबार बेलुका रुखबाट ओर्लिएका हुन् । आफूलाई पक्राउ गर्न प्रहरी आएको थाहा पाएपछि ४४ वर्षका रुडी थोमस बुधबार दिउँसो २ बजेतिर गिरफ्तारीबाट बच्न रुखमा चढेका थिए ।

सीबीएस न्यूजका अनुसार उनी शुक्रबार बेलुकी ५ बजे मात्र रुखबाट ओर्लिए । प्रहरीले उनलाई तल झार्न निकै प्रयास गरेको थियो । प्रहरीले साइरन प्रयोग गर्ने, ड्रोन उडाउनेदेखि ती व्यक्तिलाई तल झर्नको लागि मनाउन विभिन्न व्यक्तिहरुलाई फकाउन लगाए पनि कुनै पनि उपायले काम गरेन ।

अन्ततः एक पास्टरले उनलाई प्रहरीले कुनै षति नगर्ने विश्वास दिलाएपछि उनी ओर्लिन राजी भएका थिए । थोमसले धम्की दिएको भन्दै उनकी आमाले प्रहरीलाई खबर गरेपछि प्रहरी उनलाई पक्राउ गर्न आएको थियो ।

अन्य थप समाचार

यी पुरुषको अनौठो हर्कत : राइस कुकरसँग गरे बिहे, अनि दिए ४ दिनमै डिभोर्स

मानिसका इच्छाअाकांश्रा पनि अनेक प्रकारका हुन्छन् । इण्डोनेसियामा एकजना व्यक्तिले आफैले घरमा भात पकाउने राइस कुकुरसँग बिहे गरेर निकै चर्चा कमाए । तर उनको कुकरसँगको दाम्पत्य जीवन टिक्न सकेन । उनीहरुबीच बिहेको चार दिनमै डिभोर्स भयो ।

इण्डोनेसियाको जाभा प्रान्तमा बस्ने कहरोल अनम नामका पुरुषले आफ्नै घरको राइस कुकरसँग बिहे गर्दाका तस्वीर सोसल मिडियामा खुबै भाइरल भए । तस्वीरमा एक व्यक्ति बिहेको सेतो पोषाक लगाएका देखिन्छन् र उनको बेहुलीको रुपमा रहेको कुकरलाई पनि सेतो घुम्टो ओढाइएको छ ।

त्यस्तै बिहेपछि बेहुला बेहुलीले खिचेको तस्वीर, कानूनी रुपमा बिहे गरेको कागजातमा हस्ताक्ष्र गर्दै गरेको तस्वीर र आफ्नो बेहुली कुकरलाई चुम्बन गर्दै गरेको तस्वीर पनि सार्वजनिक भए ।

आफ्नो बिहेका तस्वीर फेसबुकमा शेयर गर्दै उनले लेखेका छन् : सेतो, शान्त, खाना पकाउनमा असल, निकै स्वप्नील ।

उनको फेसबुक पोस्टमा मानिसहरुले अनेक खालका प्रतिक्रियाहरु दिएका छन् । कतिपयले आफूले पनि फ्रायरसँग बिहे गर्ने सोच बनाएको बताएका छन् भने कतिपयले ती व्यक्ति जिनियस रहेको टिप्पणी गरेका छन् ।

राइस कुकरसँग कहरोल अनमको बिहेको चर्चा सेलाउन नपाउँदै उनीहरुको दाम्पत्य जीवनमा खटपट आएछ । बिहेको चार दिनमै कहरोल आफ्नो पत्नी राइस कुकरसँग डिभोर्स गर्ने निर्णयमा पुगे ।

डिभोर्सको कारणबारे पनि उनले फेसबुकमा जानकारी गराएका छन् । राइस कुकर केवल भात पकाउनका लागि मात्र राम्रो रहेको तर अन्य कुनै पनि खानेकुरा बनाउने नजान्ने भएको हुनाले आफूले डिभोर्स गरेको उनको जिकिर छ ।

 

Related Articles

Back to top button