समाचार

नाकमा मकैको दाना अड्केकी बालिकाको मृत्यु भएपछि दैलेखमा डाक्टरलाई कारवाहीको माग

चार दिनअघि नाकमा मकैको दाना अड्केकी नारायण नगरपालिका–४ सोतकी साढे दुई वर्षीय बालिका कुसुम कटुवाललाई दैलेख अस्पताल हुँदै सुर्खेत पुर्‍याइएको थियो। बालिकाको उपचारकै क्रममा आज विहान मृत्यु भएपछि आफन्तले डाक्टरको लापरवाहीले घटना भएको भन्दै अस्पताल परिसरमा प्रदर्शन गरेका हुन्।

‘दैलेखका डाक्टरले दैलेखमै अप्रेशन गर्नुभन्दा सुर्खेत लैजान सुझाएपछि सुर्खेत ल्याएका हौं,’ बालिकाकी आमा पूजा कटुवालले भनिन्, ‘स्वास्थ्यमा अन्य कुनै समस्या नभएकी छोरीको डाक्टरकै लापरवाहीले मृत्यु भएको हो।’ लापरवाही गर्ने डाक्टरलाई कारवाहीको माग राख्दै अस्पतालमा आन्दोलन गरिरहेको आफन्तले बताएका छन्।

यता, प्रदेश अस्पतालका निर्देशक डा। डम्बर खड्काले डाक्टरको लापरवाहीले बालिकाको मृत्यु नभएको बताए। ‘हामी कुनै पनि विरामीलाई बचाउने हरसम्भव प्रयासरत हुन्छौं, बालिकाको हकमा पनि बेहोस बनाएर मकैको दाना निकाल्ने अप्रेशन गरिरहेका थियौं,’ खड्काले भने, ‘अप्रेशनका क्रममा एक्कासी बालिकाको अक्सिजन लेभल घट्दै गएपछि उनलाई बचाउन सकिएन।’

अस्पताल परिवार घटनाप्रति दुखी भएको बताउँदै खड्काले अस्पतालको भौतिक सम्पत्तिमा क्षति पुर्‍याउनु राम्रो पक्ष नभएको बताए। ‘घटना नहुनु थियो, भइसक्यो, अब सम्वादबाट अघि बढ्ने प्रयास गरिरहेका छौं’ खड्काले भने, ‘आफन्तहरुबाट कुनै व्यक्ति संवाद गर्न नचाहेकाले समस्या सिर्जना भएको छ।’

तनहुँको व्यास नगरपालिका–७ का ज्येष्ठ नागरिकलाई शुक्रबार सामाजिक सुरक्षा भत्ता वितरण गर्दै वडाध्यक्ष सतीश न्यौपाने । दशैँमा भत्ता पाएपछि ज्येष्ठ नागरिक खुसी भएका छन् ।

ऋणमा प्रदर्शनी केन्द्र-चितवन, २२ असोज भरतपुरमा निर्माण गरिएको ‘चितवन एक्सपो सेन्टर’ प्रदर्शनी केन्द्रको निर्माण खर्च तिर्न नसकेपछि ऋण लिएर भुक्तानी गरिएको छ । उद्योग सङ्घका जिल्ला पदाधिकारी जमानी बसी बैंकबाट लिएको ऋणबाट आधा रकम बुझाइएको छ भने बाँकीका लागि ऋण खोजी भइरहेको छ ।

सङ्घले निजी क्षेत्र र सरकारी सहयोगमा देशकै ठूलो र अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक प्रदर्शनी केन्द्र निर्माण गरेको हो । सङ्घका अध्यक्ष राजु पौडेलका अनुसार केन्द्र निर्माणका लागि हालसम्म रु ३२ करोड खर्च भईसकेकामा रु १० करोड सङ्घका पदाधिकारी, कार्यसमिति सदस्य, उद्योगी व्यवसायीलगायत निजी क्षेत्रबाट सङ्कलन भएको थियो भने रु १५ करोड नेपाल सरकारले घरेलु तथा साना उद्योगमार्फत उपलब्ध गराएको थियो । बाँकी रु छ करोडभन्दा बढी भुक्तान गर्न बाँकी रहेकामा रु तीन करोड बैंकबाट ऋणमा लिएर निर्माणकर्तालाई भुक्तानी गरिएको उहाँले बताउनुभयो । अध्यक्ष पौडेलले भन्नुभयो, “बाँकी रकम भुक्तानीका लागि ऋण थप गर्दैछौँ ।”

अध्यक्ष, पूर्व अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र पाँच उपाध्यक्ष जवानी बसेर बैंकबाट ऋण लिइएको र नेपाल सरकारको सङ्घ, प्रदेश र स्थानीय तहबाट सहयोग जुटे ऋण तिर्न सकिने अपेक्षा गरिएको जानकारी दिँदै उहाँले बताउनुभयोे, “काम गरेकालाई भुक्तानी दिन ढिलो भएपछि हामी आफँै जवानी बसी ऋण खोजेर केही भुक्तानी ग¥यौँ अब केही बाँकी नै छ ।”

वरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेलका अनुसार प्रदर्शनी केन्द्रमा ढल, बाटो, रङरोगन, जेनेरेटर, फायरफाइटिङ, साउण्ड, सचिवालय व्यवस्थापनलगायत काम गर्न बाँकी छ । ती कामका लागि रु छ करोड हाराहारी खर्च हुने अनुमान छ । बाटोको काम बाग्मती प्रदेश सरकारको रु एक करोडको लागतमा गरिँदै छ । काम सम्पन्न गर्दा रु ३८ करोड हाराहारी खर्च हुने अनुमान छ ।

तीन सय स्टल राख्न सकिने ६० हजार वर्गफिटको केन्द्रमा तीन ठूला बैठककक्ष छन् । ती कक्षको बीचको भाग हटाएर एउटै कक्ष पनि बनाउन सकिने गरी निर्माण गरिएको छ । पूर्ण वातानुकूलित यस कक्ष नेपालकै सबैभन्दा ठूलो भएको उहाँले बताउनुभयो ।

Related Articles

Back to top button