समाचार

धनुषामा ५ र ३ वर्षका छोरा हत्या गर्दै आत्महत्या गरिन् यी महिलाले

जनकपुरधाम। धनुषामा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन्।

धनुषाको नगराईन नगरपालिका–४ लगमा बस्ने गुरुदेव साहकी श्रीमती गुडियादेवी साह, ५ वर्षीय छोरा अभिषेक र ३ वर्षीय छोरा आदित्य साह आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन्।

घरको आर्थिक अवस्था कमजोर रहेको गुरुदेव दैनिक मजदुरी गरेर गुजारा गर्दै आएका छन्।

मजदुरीकै कामको लागि जनकपुरमा रहेका श्रीमान गुरुदेवसँग शुक्रवार साँझ गुडियाको फोनमा कुराकानी भएको थियो। केही वर्षअघि प्रेम विवाह गरेकी गुडियाललाई माइती पक्षले अझै स्वीकार गरेको थिएन।

घटना के कारणले भएको अहिलेसम्म नखुलेको बताउँदै जिल्ला प्रहरी कर्यालयका प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले पारम्भिक अनुसन्धानमा महिला आफैले नबालक छोराको हत्या गरी आफूले आत्महत्या गरेको हुनसक्ने देखिएको बताए।

श्रीमान श्रीमतीबीच कुनै विवाद नरहेको र घरमा वृद्ध सासु ससुरामात्रै रहेकोले पनि विभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेको उनले बताए। मृतक महिलाको शव पंखामा झुण्डिएको अवस्थामा भेटेको प्रहरीले जनाएको छ।

तनहुँको व्यास नगरपालिका–७ का ज्येष्ठ नागरिकलाई शुक्रबार सामाजिक सुरक्षा भत्ता वितरण गर्दै वडाध्यक्ष सतीश न्यौपाने । दशैँमा भत्ता पाएपछि ज्येष्ठ नागरिक खुसी भएका छन् ।

ऋणमा प्रदर्शनी केन्द्र-चितवन, २२ असोज भरतपुरमा निर्माण गरिएको ‘चितवन एक्सपो सेन्टर’ प्रदर्शनी केन्द्रको निर्माण खर्च तिर्न नसकेपछि ऋण लिएर भुक्तानी गरिएको छ । उद्योग सङ्घका जिल्ला पदाधिकारी जमानी बसी बैंकबाट लिएको ऋणबाट आधा रकम बुझाइएको छ भने बाँकीका लागि ऋण खोजी भइरहेको छ ।

सङ्घले निजी क्षेत्र र सरकारी सहयोगमा देशकै ठूलो र अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक प्रदर्शनी केन्द्र निर्माण गरेको हो । सङ्घका अध्यक्ष राजु पौडेलका अनुसार केन्द्र निर्माणका लागि हालसम्म रु ३२ करोड खर्च भईसकेकामा रु १० करोड सङ्घका पदाधिकारी, कार्यसमिति सदस्य, उद्योगी व्यवसायीलगायत निजी क्षेत्रबाट सङ्कलन भएको थियो भने रु १५ करोड नेपाल सरकारले घरेलु तथा साना उद्योगमार्फत उपलब्ध गराएको थियो । बाँकी रु छ करोडभन्दा बढी भुक्तान गर्न बाँकी रहेकामा रु तीन करोड बैंकबाट ऋणमा लिएर निर्माणकर्तालाई भुक्तानी गरिएको उहाँले बताउनुभयो । अध्यक्ष पौडेलले भन्नुभयो, “बाँकी रकम भुक्तानीका लागि ऋण थप गर्दैछौँ ।”

अध्यक्ष, पूर्व अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र पाँच उपाध्यक्ष जवानी बसेर बैंकबाट ऋण लिइएको र नेपाल सरकारको सङ्घ, प्रदेश र स्थानीय तहबाट सहयोग जुटे ऋण तिर्न सकिने अपेक्षा गरिएको जानकारी दिँदै उहाँले बताउनुभयोे, “काम गरेकालाई भुक्तानी दिन ढिलो भएपछि हामी आफँै जवानी बसी ऋण खोजेर केही भुक्तानी ग¥यौँ अब केही बाँकी नै छ ।”

वरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेलका अनुसार प्रदर्शनी केन्द्रमा ढल, बाटो, रङरोगन, जेनेरेटर, फायरफाइटिङ, साउण्ड, सचिवालय व्यवस्थापनलगायत काम गर्न बाँकी छ । ती कामका लागि रु छ करोड हाराहारी खर्च हुने अनुमान छ । बाटोको काम बाग्मती प्रदेश सरकारको रु एक करोडको लागतमा गरिँदै छ । काम सम्पन्न गर्दा रु ३८ करोड हाराहारी खर्च हुने अनुमान छ ।

तीन सय स्टल राख्न सकिने ६० हजार वर्गफिटको केन्द्रमा तीन ठूला बैठककक्ष छन् । ती कक्षको बीचको भाग हटाएर एउटै कक्ष पनि बनाउन सकिने गरी निर्माण गरिएको छ । पूर्ण वातानुकूलित यस कक्ष नेपालकै सबैभन्दा ठूलो भएको उहाँले बताउनुभयो ।
कोभिड सङ्क्रमण देखिनु अघि १० वटा कार्यक्रम यसै कक्षमा सम्पन्न भइसकेका छन् । त्यस बखत उक्त कक्षमा कोरोना अस्थायी अस्पताल बनाइएको थियो । कोरोनाका कारण कार्यक्रम हुन नसक्दा केन्द्रले आम्दानीसमेत गर्न सकेको छैन । आउँदो पुस, फागुन र चैतमा अन्तर्राष्ट्रिय तीन वटा प्रदर्शनीका लागि कक्ष बुकिङ भइसकेका छन् । सामान्य अवस्थामा पनि वर्षमा १५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रदर्शनी हुने अपेक्षा गरिएको उपाध्यक्ष कँडेलको भनाइ थियो ।

निजी क्षेत्रको साझेदारीमा बनाइएको यो देशकै महत्वपूर्ण परियोजना हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले निजी क्षेत्रको साझेदारीमा बनाइएकोे यो महत्वपूर्ण परियोजना सम्पन्न गर्न चितवन क्षेत्र नं ३ बाट निर्वाचित पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सक्रियरुपमा लाग्नुभएको जानकारी दिँदै केही दिनभित्रै नजिता दिने गरी काम हुने आफूले विश्वास लिएको बताउनुभयो ।

महानगरपालिकाले प्रदर्शनी परिसरमा रु ९० लाख खर्च गरेर औद्योगिक पाठशाला निर्माण गरेको छ । सङ्घका पदाधिकारी जमानी बसेर ऋण तिर्नुपर्ने अवस्था आएको छ भन्दै उहाँले सरकारले यसमा चासो देखाउनुपर्ने र महानगरले आवश्यक सहयोग गर्ने बताउनुभयो ।

सङ्घमा एक हजार २०० सदस्य छन् । घरेलु तथा साना उद्योग कार्यालयको जग्गा २९ वर्षका लागि भाडामा लिएर प्रदर्शनी केन्द्र निर्माण गरिएको हो ।

प्रतिकृया दिनुहोस

 

 

Related Articles

Back to top button