समाचार

अफगानिस्तानमा मुस्लिमलाई लक्षित गरी मस्जिदमा भयानक विस्फोट, १०० भन्दा बढीको मृxत्यु

काठमाडौं । अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा रहेको शिया मुस्लिमलाई लक्षित गरी मस्जिदमा शुक्रवार भएको एक विस्फोटमा कम्तीमा १०० जनाको मृxत्यु भएको छ भने धेरै घाइते भएका छन् ।

इस्लामिक स्टेट खोरासन, जसलाई आईएसआईएस–के पनि भनिन्छ, उस्ले आतंकवादी हमलाको जिम्मेवारी लिएको छ । न्यु योर्क टाइम्सका अनुसार आतंकवादी समूह आईएसआईएस खोरासनले २६ अगस्तमा काबुल विमानस्थलमा आ,त्म,घा,ती बम विष्फोट गरेको थियो ।

त्यस घटनामा करिब १७० अफगान नागरिक र १३ अमेरिकी सैनिक मारिएका थिए । अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तको सय्यद अबाद मस्जिदमा शुक्रबार तब विष्फोट भएको थियो जब स्थानीय बासिन्दा मस्जिदमा नमाज पढ्न आएका थिए ।

यो विष्फोटमा अहिलेसम्म १०० भन्दा बढी मानिसहरुको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन् । रुसको स्पुतनिक अखबारले प्रत्यक्षदर्शीहरुलाई उद्धृत गर्दै मस्जिदमा भएको विस्फोटमा १०० भन्दा बढी मानिसहरुको मृxत्यु भएको थियो र २० जना घाइते भएको जानकारी दिएको हो ।

१५ अगस्तमा तालिबानले अफगानिस्तान कब्जा गरेपछि आइएससँग जोडिएका आतंकवादी हमलाहरु बढेका छन् । आतंकवादी हमलामा भएको बृद्धिले दुई समूहहरुबीच व्यापक द्वन्द्वको सम्भावना बढाएको छ ।

यसअघि आइतबार काबुलको एक मस्जिदमा भएको विस्फोटमा कम्तीमा १२ जनाको मृxत्युभएको थियो भने ३२ जना घा,इ,ते भएका थिए । घ,ट,ना काबुलको इदगाह मस्जिदको भीडभाड भएको ठाउँमा भएको थियो ।

आतंकवादी समूह इस्लामिक स्टेट (आईएस) ले मस्जिदमा बम विष्फोटको जिम्मेवारी लिएको छ । आईएसले आफ्नो दाबीमा आईएसले आ,त्म,घा,ती बमवर्षकलाई उइघुर मुस्लिमको रुपमा पहिचान गरेको छ ।

उक्त आक्रमण शिया र तालिबान दुबैलाई लक्षित थियो । इस्लामिक स्टेट समूहका लडाकुहरुले अफगानिस्तानको शिया मुस्लिम अल्पसंख्यकमाथि आ,क्र,म,ण गर्ने गरेको लामो इतिहास छ । शुक्रबार लक्षित ती आ,क्र,म,ण हजारा समुदायका मानिसहरु थियो । उनीहरु लामो समयदेखि सुन्नी बहुल देशमा भेदभावको शिकार हुँदै आएका छन् ।

यो आक्रमण अगस्टको अन्त्यमा अफगानिस्तानबाट अमेरिकी र नाटो सेनाको फिर्ता र तालिबानको कब्जा पछि भएको हो । गोजर–ए–सैयद अबाद मस्जिदमा शुक्रबारको नमाजका बेला वि,स्फो,ट भएको थियो ।

अफगानिस्तानमा तालिबान सत्तामा आफ्नो पकड कडाइ गर्न र नयाँ सुरक्षा चुनौतीसँग लड्न खोज्दैछन् । अफगानिस्तानमा संयुक्त राष्ट्रसंघको मिसनले शुक्रबार भएको आ,क्र,म,णको निन्दा गर्दै धार्मिक स्थललाई लक्षित गरी हिंसाको ढाँचाको हिस्सा भएको बताएको छ ।

 

Related Articles

Back to top button