समाचार

विद्यार्थीले आ,त्म,ह,त्या गरेपछि विद्यालयका प्रिन्सिपल पक्राउ, दु,र्व्य,व,हा,र गरेको आरोप

२२ असोज, काठमाडों । बाँकेको बैजनाथ गाउँपालिका-१ स्थित दीपज्योति स्कुलका प्रधानाध्यापक ४० वर्षीय दमन पाण्डे पक्राउ परेका छन् ।

जबरजस्ती करणी र आत्महत्या दुरुत्साहन सम्बन्धी कसूरमा किटानी जाहेरी परेपछि अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी रवीन्द्र खनालले अनलाइनखबरलाई बताए । ‘जिल्ला अदालत, बाँकेबाट अनुसन्धानका लागि म्याद थप गरेर विस्तृत छानबिन भइरहेको छ,’ उनले भने, ‘प्रमाण संकलनको काम अब थालिनेछ ।’

दीपज्योति स्कुलबाट एसईई परीक्षा दिएकी १७ वर्षीया विद्यार्थी एलिसा शाहले ७ साउनमा गभरस्थित घरमा सलको पासोमा झुण्डिएर आत्महत्या गरेकी थिइन् । घटनाको एक सातापछि पीडितले दिएको जाहेरीका आधारमा शिक्षक पक्राउ परेका हुन् ।

एलिसाका आफन्त आदर्श मल्लका अनुसार प्रहरीले किरियाकर्म सकेर जाहेरी दिन भनेकाले ढिलो उजुरी परेको हो । उनी भन्छन्, ‘काम सकेर आए सहज हुने भनिएपछि ढिला जाहेरी दिइएको हो ।’

गर्दा के हुदैन र ? भन्ने उदाहरण बनेकी छिन बुटवलकि कमला बेलबासे । पुरुषले मात्र होइन महिलाले पनि पुरुष सरह काम गर्न सकिन्छ भन्ने उदाहरण बनेकी छिन कमला अहिले । इलेक्ट्रीक र प्लमिङको काम श्रीमानसगैँ गर्दै आएकी कमला अहिले उक्त कार्यमा दक्ष भै सकेकी छिन । अहिले आफुहरुलाई कामको कुनै कमि नभएको बरु काम गर्न भ्याई नभ्याई भएको उनले बताएकी छिन । श्रीमान सगैँ काम सिकेकी कमला अहिले श्रीमानसगँ सगै काममा जान्छिन ।

अर्घाखाँचीबाट दुई बच्चा र पाचँ हजार रुपैया लिएर बुटवल झरेको उनी बताउँछिन । बुटवल आए पछि श्रीमान यम इलेक्ट्रीक काम गर्थे उनी कोठा मै छोराछोरीलाई खाना खुवाउने स्कुल पठाउने काम गर्थिन । काम कै क्रममा श्रीमानको टाउकोमा चोट लागे पछि उनी काम गर्न सकेनन । उनको टाउकोमा रगत जमे पछि त्यसको उपचारमा केही खर्च भयो । साथै उनलाई काम बाट पनि निकालीदिए पछि उनिहरुको दुख झन बढ्यो । श्रीमान केही ठिक भए पछि उनले पनि श्रीमान सगैँ काम गर्ने सोछ बनाईन । श्रीमान यमले पनि अरु कोहिलाई काममा लैजादा खर्च बढ्ने भएको श्रीमतिलाई नै काम सिकाएर लगे कमाई पनि हुने भन्दै सगै लगेको उनी बताउँछिन ।

आफू त्यसरि काममा जादा करिव ६ लाख ऋण रहेको कमला बताउँछिन । तर अहिले उक्त ऋण तिरेर बुटवलमै घर र अन्य दुई तीन वटा घडेरी पनि जोडि सकेको कमला बताउँछिन । कुनै पनि काम सजिलो त नहुने तर गर्छु भन्ने आफुमा हिम्मत भए गर्न नसकिने केही काम नहुने कमला बताउँछिन । इलेक्ट्रोनिक काम गर्दा सुरु सुरुमा आफुलाई कयौ पटक करेन्टको झड्काले लडाएको पनि उनी बताउँछिन । तर प्रयास गरे सफलता पाउन सकिन्छ भन्ने उनको अठोटले गर्दा त्यति मै काम गर्न भने नछोडेको उनको भनाई छ ।

त्यति मात्र होइन प्लमिङको काममा आफ्नो कपाल डढाएको पनि उनी सम्झिन्छिन । त्यो बेला यी सबै कुराहरुबाट डराएर छोडेको भए आफू अहिलेको अवस्थामा आउन नसक्ने उनको भनाई छ । ती दिनहरु सम्झिदा आफुलाई अचेल हासो लाग्ने उनी बताउँछिन । काम गर्दै जादा सामाजिक संजाल टिकटकमा पनि उनी जोडिन पुगिन । त्यहा उनले काम गर्दै गरेका थुप्रै भिडियोहरु देखिन । त्यसपछी उनले पनि आफुले गर्ने कामको भिडियो बनाएर अप्लोड गर्न थालिन । उनको टिकटकमा भएको भिडियो धेरैले मन पराए । साथै उनको कामको थुप्रैले प्रशंसा गर्न थाले पछि अहिले उनी निरन्तर त्यस्ता भिडियोहरु बनाएर लगाउन थालेको बताउँछिन ।

सुरुसुरुमा केहिले महिला भएर पुरुषले गर्ने काम गर्न हिडेकी भनेता पनि अहिले भने सबैले हौसला दिने गरेको राम्रो काम गरेको भन्ने गरेको उनी बताउँछिन । कमला यो काममा लाग्नुमा आफ्नो श्रीमाको साथ भएको बताउँछिन । यदि श्रीमानले आफुलाई यश काम नसिकाएको भए आफु यस क्षेत्रमा आउन नस्क्ने उनी बताउँछिन । श्रीमान बिरामी भए पछि घर चलाउन र ऋण तिर्न गार्‍हो भए पछि उनले आफू पनि श्रीमानसगैँ काम गर्न जाने बताईन । जसलाई श्रीमानले स्विकार्दै सगै काममा लगेर सिकाएको उनी बताउँछिन । काम गर्न सके जति पनि पाईने उनी बताउँछिन । (भिडियो हेर्नुस)

 

 

Related Articles

Back to top button