आजै अमेरिका उड्न लागेकी रेग्मी, यस्तो अवस्थामा फेला परेपछि…
दिउँसो घर आएर नै कुरा गर्छु है बुबा ।’ गत बुधबार अर्थात् असोज २० गते बिहान करिब साढे ७ बजेतिर बाबु रामचन्द्रसँगको केही समय भेट्दा अनिता रेग्मीले भनेकी थिइन्। केही दिनअघि माइतीघरमा आएकी छोरीले दराजको साँचो छोडेपछि बिहान नै साँचो पुर्याउन रामचन्द्र छोरीको घर नजिकै पुगेका थिए।
२० मिनेटजति मोटरसाइकलको यात्रा गरेर बाबुले बुटवल उपमहानगरपालिका–१३ स्थित ढावहलवामा छोरी अनिताको घर नजिकै पुगेर साँचो दिए। तर, उनी छोरीको घरमा भने गएनन्। छोरीसँग दिउँसो भेट्ने आशामा उनी त्यहीबाटै फर्किए।
दिउँसो छोरीसँग भेटघाट हुनेमा विश्वस्त थिए, उनी। शुक्रबार बिहान साढे ८ बजे काठमाडौंबाट २६ वर्षीय अनिता रेग्मीको अमेरिका यात्रा हुँदै थियो। धेरैको सपनाको शहर मानिने अमेरिका जान अनिता पनि उत्सुक नै थिइन्। त्यसैले उनी बिहीबार नै बुटवल छोड्दै थिइन्।
कति वर्षपछि आमाबुबासँग भेट्ने हो, टुङ्गो थिएन। त्यसैले अन्तिम पटक आमाबुबा, दाइभाउजुलाई भेटेर बिदा माग्न माइतीघर आउने योजना सुनाएकी थिइन्, अनिताले।
भेट्दा बुबासँग मात्र होइन, भिडियो च्याटमा आमा, दाइ र भाउजुसँग कुरा भइरहेको थियो। बिहान ११ बजेर ४५ मिनेटदेखि १० मिनेटसम्म अर्थात् ११ बजेर ५५ मिनेटसम्म कुरा भएको बाबु रामचन्द्रले अझै सम्झिरहेका छन्। ‘एकछिनमा घरमा आउँछु है,’ भनेपछि छोरी अनिता पनि दङ्ग थिइन्।
समय बित्दै भयो। माइती परिवार छोरीको प्रतिक्षामा बसिरहेको थियो। तर सोचेकोजस्तो भएन।
छोरीभन्दा पहिले उनको घरबाट भाउजुको नम्बरमा १ बजेर ४७ मिनेटमा एउटा कल आयो। जुन खबरले माइती परिवारको एकाएक खुशी लुट्यो। अघिसम्म फोनमा खुशी भएर बोलिरहेकी छोरीले संसार छोडेको खबर आयो।
तपाईको छोरीले देहत्याग गरिन् भनेर फोन आएको थियो, एकछिन पत्याउन नै गाह्रो, होसहवास नै गुम्यो,’ बाबु रामचन्द्रले भने।
तीन वर्षअघि अनिताको घर नजिकै मागी विवाह भएको थियो। डीभी परेर अमेरिका गएको केटासँग छुट्टीमा आएका बेला अनितासँग विवाह भएको थियो।
अनिता पनि त्यही डीभी प्रक्रियामार्फत् शनिबार अमेरिका जान लागेकी थिइन्। तर? छोरीको मृ’त्युको खबरले रेग्मी परिवार अचानक शो’काकुल’ बन्न पुग्यो। हतारिँदै माइती परिवार छोरी अनिताकै घरमा पुगे।
घर पुग्दा फोनमा भनेझैं छोरी मृत अवस्थामा भेटिइन्। सासु, देवर र अर्का एक जना सदस्य घरमै हुँदा नै अनिताले देहत्याग गरेको बताइएको छ।
शनिबार अमेरिका उड्न लागेकी छोरीको मृ’त्युको कारण माइती परिवारले अझै भेटाउन सकेका छैनन्। केही समयअघि हाँसेर बोलेकी बहिनीको मृ’त्युको खबरले दाई महेश पनि अनुत्तरित बनिरहेका छन्।
घटना हुँदा अनिताका घरमा श्रीमान्, ससुरा र एक जना देवर थिएनन्। प्रहरीले श’वको पोष्टमार्टमका लागि लुम्बिनी प्रदेशिक अस्पताल लगेको छ। परिवारले घटनामा निष्पक्ष छानविन नभएसम्म श’व नबुझ्ने अडान लिएका छन्। प्रहरीमा निष्पक्ष छानवीनको लागि उजुरीसमेत दिइएको छ।
‘हामी अनुसन्धान गरिरहेका छौं। अहिले नै यही हो भन्ने अबस्था देखिएको छैन,’ इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मदनबहादुर कुँवरले भने।
प्रतिक्रिया
सम्बन्धित समाचार
श्रीमान्सँग रिसोर्ट बिक्रीको विवादपछि सीता भण्डारीले मध्यरातमा रोजेको बाटो…
श्रीमान्सँग रिसोर्ट बिक्रीको विवादपछि सीता भण्डारीले मध्यरातमा रोजेको बाटो…
ट्रकको ठ’क्करले कलेज जान लागेका छोरा र पुर्याउन आएकी आमाको मृ’त्यु
ट्रकको ठ’क्करले कलेज जान लागेका छोरा र पुर्याउन आएकी आमाको मृ’त्यु
पश्चिम नवलपरासी कांग्रेसमा सभापति देउवा समुह बलियो
पश्चिम नवलपरासी कांग्रेसमा सभापति देउवा समुह बलियो
यिनै हुन् ती युवा, जसले आफ्नै पार्टी एमालेका नेता तथा बुटवलका मेयरलाई हाने मुक्का (भिडियोसहित)
यिनै हुन् ती युवा, जसले आफ्नै पार्टी एमालेका नेता तथा बुटवलका मेयरलाई हाने मुक्का (भिडियोसहित)
बुटवल उपमहानगर प्रमुख शिवराज सुवेदीमाथि स्थानीयले प्रहार गरे मुक्का, प्रहरीलाई जोगाउनै सकस (भिडियो)
बुटवल उपमहानगर प्रमुख शिवराज सुवेदीमाथि स्थानीयले प्रहार गरे मुक्का, प्रहरीलाई जोगाउनै सकस (भिडियो)
बँदेललाई थापेको पासोमा परेर एकै परिवारका तीन जनाको ‘मृ’त्यु
बँदेललाई थापेको पासोमा परेर एकै परिवारका तीन जनाको ‘मृ’त्यु