समाचार

बिधुवा भत्तामा कटौती , ६० वर्ष ननाघेका एकल महिलालाई मासिक २ हजार सामाजिक सुरक्षा भत्ता

बिधुवा भत्तामा कटौती , ६० वर्ष ननाघेका एकल महिलालाई मासिक २ हजार सामाजिक सुरक्षा भत्ता

सरकारले ६० वर्ष ननाघेका विधवा एकल महिलालाई मासिक २ हजार र अतिअशक्त अ’पाङ्गता भएका लाभग्राहीलाई मासिक १ हजार ६०० का दरले चालु आर्थिक वर्षको प्रथम चौमासिकका लागि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने निर्णय गरेको छमन्त्रिपरिषद्को हालै बसेको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।हाल त्यसखालका सामाजिक सुरक्षा भत्ता रोकिएको गुनासो आइरहेका थिए

बैठकले मुलुकका ७५३ वटा स्थानीय तहहरुमा सामाजिक सुरक्षा भत्ता बैंकिङ्ग प्रणाली मार्फत वितरण गर्ने सन्दर्भमा पहिलो चरणमा ३४० वटामा मंसिर १ देखि वितरण गर्ने व्यवस्था लागू गर्न, ‌नेप राजपत्रमा सूचना प्रकाशन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको गुरुङले बताए ।यसैगरी दोस्रो चरणमा १५९ वटामा चैत १ देखि, तेस्रो चरणमा २४७ वटामा २०७८ साउन १ देखि र चौथो चरणमा बाँकी ७ वटा स्थानीय तहहरुमा ०७८ मंसिर १ देखि बैंकिङ्ग प्रणाली मार्फत वितरण वितरण गरिने गुरुङले बताए

शाहरुख खानको परिवार अहिले एकदमै मुश्किल समयमा रहेको छ । शाहरुखका छोरा आर्यन खान अहिले ड्रग्स केसमा एनसीबीको हिरासतमा रहेका छन् । आर्यन संग अहिले लगातार एनसीबीले सोधपुछ गरिरहेको छ । जसमा उनले ड्रग्स लिने गरेको स्विकार गरिसकेका छन् । उनले एनसीबी संगको सोधपुछको क्रममा आफुले ४ बर्ष यता ड्रग्स लिने गरेको स्विकार गरेका हुन् । ड्रग्स केसमा एनसीबीले आर्यन बाट लगातार नयाँ खुलासाहरु गरिरहेको छ ।

उनी यो केसमा लगातार फसिरहेका छन् । शाहरुख खान आफ्नो छोरा आर्यन खानलाई एकदमै निजी जिन्दगी बिताउन भन्ने कुरामा बिश्वास राख्ने गर्छन् । आर्यन खानको यो मात्रै पहिलो बिबादास्पद घटना भने हैन । उनी यस अघि पनि बिबादमा तानिएका थिए । यसभन्दा अघि पनि आर्यनका बिभिन्न बिबाद बाहिर आएका थिए । यसअघि पनि आर्यनको एमएमएस काण्ड बाहिर आएको थियो । आर्यन खानको फेक एमएमएस लाई लिएर पनि उनी बिबादमा तानिएका थिए ।

सामाजिक सञ्जालमा एक एमएमएस भिडियो भाइरल भएको थियो जसमा एक केटा कारमा एक केटीको साथमा लेप्पासिरहेको देखिएको थियो । भिडियो सामाजिक सञ्जालभर भाइरल भयो । त्यसपछि त्यो भिडियोमा देखिने ब्यक्ति आर्यन खान हुन् तर पछि थाहा भयो कि त्यो भिडियो फेक थियो । त्यतिमात्र हैन आर्यन खानको नाम धेरै केटीहरु स.ग पनि जोडिएको छ । तर आर्यनको एक रोमानियम केटीको साथमा डेटिंग चलिरहेको चर्चा रहेको थियो । मिस्ट्री गर्ल संग आर्यनको सम्बन्ध एकदमै बिबादास्पद भएको थियो । जसलाई शाहरुख खानले भने पुरै गलत रहेको बताएका थिए ।

प्रदेश १ मा पछिल्लो २४ घण्टामा १६१ जनामा कोरोना संक्रमण भएको छ । ८२७ जनाको पीसीआर परीक्षण गर्दा १४७ र १७६ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ६८, सुनसरीमा ४९, झापामा २७, इलाममा २ र उदयपुरमा १ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ३६, पथरीशनिश्चरेमा १०, सुन्दरहरैचामा ७, बुढीगंगामा ६, बेलबारीमा ४, लेटाङ, कानेपोखरी, कटहरी, उर्लाबारी र केराबारीमा १, सुनसरीको इटहरीमा ३१, धरानमा ५, इनरुवामा ४, दुहवीमा ३, बराहक्षेत्र र रामधुनीमा २–२, गढी र देवानगञ्जमा १–१ जनामा संक्रमण देखिएको छ ।

झापाको विर्तामोडमा ७, दमकमा ५,मेचीनगरमा ४, शिवसताक्षी, कनकाई र अर्जुनधारामा ३–३, हल्दिबारी र गौरादहमा १–१, इलामको इलाम नगरपालिका र चुलाचुलीमा १–१ र उदयपुरको त्रियुगामा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज १७० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ८३ महिला र ८७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र ३ पुरुषको रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

 

 

Related Articles

Back to top button