प्रदेश १ मा १६१ जनामा कोरोना संक्रमण , ४ जनाको मृत्यु
प्रदेश १ मा पछिल्लो २४ घण्टामा १६१ जनामा कोरोना संक्रमण भएको छ । ८२७ जनाको पीसीआर परीक्षण गर्दा १४७ र १७६ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ६८, सुनसरीमा ४९, झापामा २७, इलाममा २ र उदयपुरमा १ जनामा संक्रमण देखिएको हो ।
मोरङको विराटनगरमा ३६, पथरीशनिश्चरेमा १०, सुन्दरहरैचामा ७, बुढीगंगामा ६, बेलबारीमा ४, लेटाङ, कानेपोखरी, कटहरी, उर्लाबारी र केराबारीमा १, सुनसरीको इटहरीमा ३१, धरानमा ५, इनरुवामा ४, दुहवीमा ३, बराहक्षेत्र र रामधुनीमा २–२, गढी र देवानगञ्जमा १–१ जनामा संक्रमण देखिएको छ ।
झापाको विर्तामोडमा ७, दमकमा ५,मेचीनगरमा ४, शिवसताक्षी, कनकाई र अर्जुनधारामा ३–३, हल्दिबारी र गौरादहमा १–१, इलामको इलाम नगरपालिका र चुलाचुलीमा १–१ र उदयपुरको त्रियुगामा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज १७० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ८३ महिला र ८७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र ३ पुरुषको रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ
शाहरुख खानको परिवार अहिले एकदमै मुश्किल समयमा रहेको छ । शाहरुखका छोरा आर्यन खान अहिले ड्रग्स केसमा एनसीबीको हिरासतमा रहेका छन् । आर्यन संग अहिले लगातार एनसीबीले सोधपुछ गरिरहेको छ । जसमा उनले ड्रग्स लिने गरेको स्विकार गरिसकेका छन् । उनले एनसीबी संगको सोधपुछको क्रममा आफुले ४ बर्ष यता ड्रग्स लिने गरेको स्विकार गरेका हुन् । ड्रग्स केसमा एनसीबीले आर्यन बाट लगातार नयाँ खुलासाहरु गरिरहेको छ ।
उनी यो केसमा लगातार फसिरहेका छन् । शाहरुख खान आफ्नो छोरा आर्यन खानलाई एकदमै निजी जिन्दगी बिताउन भन्ने कुरामा बिश्वास राख्ने गर्छन् । आर्यन खानको यो मात्रै पहिलो बिबादास्पद घटना भने हैन । उनी यस अघि पनि बिबादमा तानिएका थिए । यसभन्दा अघि पनि आर्यनका बिभिन्न बिबाद बाहिर आएका थिए । यसअघि पनि आर्यनको एमएमएस काण्ड बाहिर आएको थियो । आर्यन खानको फेक एमएमएस लाई लिएर पनि उनी बिबादमा तानिएका थिए ।
सामाजिक सञ्जालमा एक एमएमएस भिडियो भाइरल भएको थियो जसमा एक केटा कारमा एक केटीको साथमा लेप्पासिरहेको देखिएको थियो । भिडियो सामाजिक सञ्जालभर भाइरल भयो । त्यसपछि त्यो भिडियोमा देखिने ब्यक्ति आर्यन खान हुन् तर पछि थाहा भयो कि त्यो भिडियो फेक थियो । त्यतिमात्र हैन आर्यन खानको नाम धेरै केटीहरु स.ग पनि जोडिएको छ । तर आर्यनको एक रोमानियम केटीको साथमा डेटिंग चलिरहेको चर्चा रहेको थियो । मिस्ट्री गर्ल संग आर्यनको सम्बन्ध एकदमै बिबादास्पद भएको थियो । जसलाई शाहरुख खानले भने पुरै गलत रहेको बताएका थिए ।
प्रतिकृया दिनुहोस