समाचार

हे दैव ! हाम्रो आमा बचाइदिनु ,हस्पिटलमा यति धेरै पैसा तिर्न बाकि (हेर्नुस् भिडियो )

२५ बर्षको कलिलो उमेरमा दुई बतच्चाको आमा यसरी हस्पिटलको बेडमा लम्पसार परेर थन्किनुपरेको छ ।नत हात चल्छ नत खुट्टानै अझ भनौ शरिरको कुनै पनि अङ्ग नै चल्दैन् ।

भरखरै २५ बर्ष लागेकि अन्जना थापा मगरको जिन्दगी अहिले अल नेपाल हस्पिटल सामाखुसिमा अलपत्र अवस्थामा छ ।तिनमहिना अगाडि प्रेसरले हानेपछि ढलेकि अनितालाई काठमाडौं उपचारको लागि ल्याइयो र अहिलेसम्म पनि उनी अस्पतालमा नै यस्तो जिण अवस्थामा बसिरहेकि छिन् ।

आफ्ना ६ बर्षिय र ४ बर्षिय सन्तानलाइ हेर्न समृत पाएकि छैनन् ।श्रिमानले उनलाई स्याहार सुसार गरिरहेका छन् ।उपचारकै क्रममा लगभक १२ लाख सकिसकेको श्रिमान बताउँछन् र हस्पिटलमा आठ लाख भन्दा बढि रकम तिर्न बाकि नै छ ।कठै आउनुस् सहयोग

दाङ – पानीमा डुबेर एक युवकको मृत्यु भएको छ । दाङ जिल्ला प्रहरी कार्यालयका अनुसार घोराही उपमहानगरपालिका–६ निवासी २६ वर्षीय गुरुप्रसाद चौधरीको डुबेर मृत्यु भएको हो । आज बिहान घरबाट निस्किएका उनी गाउँ नजिकैको खोलामा बिहान ८ः३० बजे मृतावस्थामा फेला परेका थिए । प्रहरी प्रमुख सुरेश काफ्लेका अनुसार लामो समयदेखि मृगी रोगको समस्याले पिरोलिएका उनका बारेमा अनुसन्धान भइरहेको छ ।

कोरोना व्यवस्थापनमा कनकासुन्दरी उत्कृष्ट-जुम्लाका आठ स्थानीय तहमध्ये कोभिड–१९ महामारी व्यवस्थापनमा कनकासुन्दरी गाउँपालिका उत्कृष्ट भएको छ । स्थानीय तहका स्वास्थ्य शाखाको वार्षिक समीक्षा कार्यक्रममा सो गाउँपालिकालाई उत्कृष्ट घोषणा गरी सम्मानपत्र प्रदान गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण सापकोटाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “समीक्षामा वर्षभरि गरिएका स्वास्थ्य क्षेत्रको कामको प्रगति, समस्या र चुनौतीका विषयमा छलफल गरिएको छ । सङ्क्रमण व्यवस्थापनमा कनकासुन्दरी गाउँपालिकाले सङ्क्रमण परीक्षणदेखि खोप सञ्चालन, क्वारेन्टिन व्यवस्थापनलगायत विषयवस्तुमा चुस्तदुरुस्त काम गरेको छ ।”

यसैगरी हिमा गाउँपालिका प्रतिवेदन र व्यवस्थापनमा उत्कृष्ट पालिका भएको स्वास्थ्य संयोजक रतनबहादुर रावतले जानकारी दिनुभयो । जिल्लाभर महामारीमा सबै स्थानीय तहले उत्कृष्ट सेवा प्रदान गरेको जनाइएको छ । तिल र तातोपानी गाउँपालिकालाई पनि सम्मान गरिएको छ । महामारीमा स्थानीय तहले महत्वपूर्ण स्वास्थ्य सेवा प्रवाह गरेकोे गुठीचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले बताउनुभयो । समीक्षाको सहजीकरण तथा सहयोग स्वास्थ्यको सक्षम प्रणाली र एमडीआइ नेपालले गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

गरौ।

हेर्नुस् भिडियो

Related Articles

Back to top button