विवाह बन्धनमा बाँधिए निर्देशक सुदर्शन थापा सुप्रियासँग
काठमाडौं – निर्देशक तथा अभिनेता सुदर्शन थापा र मोडल तथा सञ्चारकर्मी सुप्रिया कटुवाल विवाह बन्धनमा बाँधिएका छन् । गत २१ भदाैमा इन्गेजमेन्ट गरेका सुदर्शन र सुप्रिया केही समयदेखि प्रेममा थिए ।
शुक्रबार उपत्यकाको एक ब्याङ्कवेटमा सुदर्शन र सुप्रियाले विवाह गरेका हुन् । पारिवारिक सदस्य र केही फिल्मकर्मीको उपस्थितिमा सुदर्शनले सुप्रियासँग लगनगाँठो कसेका हुन् ।
सुदर्शनको विवाहमा पारिवारिक सदस्यबाहेक फिल्मकर्मी निकै कम उपस्थित छन् । निर्देशक दिनेश राउत, अभिनेत्री वर्षा शिवाकोटी, संगीतकार अर्जुन पाेखरेल, मोडल राज कटवाललगायत सुदर्शनका नजिकका फिल्मकर्मीको मात्र उपस्थिति रहेको छ । यद्यपि फिल्मकर्मी आउने क्रम रहेको विवाहमा सहभागी एक कलाकारले बताए ।
सुदर्शनले विवाहकाे प्रीतिभोजको आयोजना भने शनिबार गरेका छन् । उनले फिल्मकर्मी तथा परिवारका लागि शनिबार साँझ काठमाडाैंस्थित एक बुटिक होटलमा प्रीतिभोजको आयोजना गरेका छन् । सुदर्शन निर्देशकसँगै कलाकार, निर्माता हुन् भने सुप्रिया मोडल हुन् । हाल एपीवान टेलिभिजनमा कार्यरत सुप्रियाले ‘साढे सात’ नामक फिल्मसँगै दर्जनौँ म्युजिक भिडियोमा अभिनय गरेकी छन्।फिल्मी यात्रामा सुदर्शनको नाम केही नायिकासँग नजोडिएको भने होइन, यद्यपि उनले आफ्नो सुप्रियासँगको छोटो प्रेमलाई विवाहमा परिणत गरेका हुन् ।
शाहरुख खानको परिवार अहिले एकदमै मुश्किल समयमा रहेको छ । शाहरुखका छोरा आर्यन खान अहिले ड्रग्स केसमा एनसीबीको हिरासतमा रहेका छन् । आर्यन संग अहिले लगातार एनसीबीले सोधपुछ गरिरहेको छ । जसमा उनले ड्रग्स लिने गरेको स्विकार गरिसकेका छन् । उनले एनसीबी संगको सोधपुछको क्रममा आफुले ४ बर्ष यता ड्रग्स लिने गरेको स्विकार गरेका हुन् । ड्रग्स केसमा एनसीबीले आर्यन बाट लगातार नयाँ खुलासाहरु गरिरहेको छ ।
उनी यो केसमा लगातार फसिरहेका छन् । शाहरुख खान आफ्नो छोरा आर्यन खानलाई एकदमै निजी जिन्दगी बिताउन भन्ने कुरामा बिश्वास राख्ने गर्छन् । आर्यन खानको यो मात्रै पहिलो बिबादास्पद घटना भने हैन । उनी यस अघि पनि बिबादमा तानिएका थिए । यसभन्दा अघि पनि आर्यनका बिभिन्न बिबाद बाहिर आएका थिए । यसअघि पनि आर्यनको एमएमएस काण्ड बाहिर आएको थियो । आर्यन खानको फेक एमएमएस लाई लिएर पनि उनी बिबादमा तानिएका थिए ।
सामाजिक सञ्जालमा एक एमएमएस भिडियो भाइरल भएको थियो जसमा एक केटा कारमा एक केटीको साथमा लेप्पासिरहेको देखिएको थियो । भिडियो सामाजिक सञ्जालभर भाइरल भयो । त्यसपछि त्यो भिडियोमा देखिने ब्यक्ति आर्यन खान हुन् तर पछि थाहा भयो कि त्यो भिडियो फेक थियो । त्यतिमात्र हैन आर्यन खानको नाम धेरै केटीहरु स.ग पनि जोडिएको छ । तर आर्यनको एक रोमानियम केटीको साथमा डेटिंग चलिरहेको चर्चा रहेको थियो । मिस्ट्री गर्ल संग आर्यनको सम्बन्ध एकदमै बिबादास्पद भएको थियो । जसलाई शाहरुख खानले भने पुरै गलत रहेको बताएका थिए ।
प्रतिकृया दिनुहोस