समाचार

भिनाजुको घरमा आएकी १९ वर्षीया किशोरीलाई भिनाजुले जबरजस्ती करणी गर्दा

वीरगन्जमा आफ्नो भिनाजुको घरमा आएकी एक युवतीको मृत्यु भएको छ।मृत्यु हुनेमा भारत विहारको पश्चिमी चम्पारणस्थित इनर्वा निवासी १९ बर्षीया किशोरी छन।ती किशोरी पर्साको जगरनाथपुर गाउँपालिका निवासी आफ्नो भिनाजुको घर आएकी थिइन्।

अचानक मृत्यु भएपछि स्थानीयले आज गाड्नै लागेको उनको शवलाई प्रहरीले नियन्त्रणमा लिएको छ।वीरगन्ज महानगरपालिका–१३ मुर्ली नयाँटोलस्थित कब्रिस्तानमा दाहसंस्कार गर्दागर्दै प्रहरीले उनको शव नियन्त्रणमा लिएको हो।

प्रहरीले उक्त शव पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको छ।जर्बजस्ती करणीपश्चात अत्यधिक रक्तश्रावका कारण उनको ज्यान गएको सूचना प्रहरीले पाएपछि शवलाई नियन्त्रणमा लिइएको हो।युवतीको घाँटी तथा शरीरका अन्य भागमा निलडाम देखिएको बताइएको छ।

पर्सा जगरनाथपुर-१ का ३५ वर्षीय जफिर मियाँले उनीमाथि जबरजस्ती करणी गर्दा रक्तस्राव भएर उनको मृत्यु भएको खबर आएपछि शव बरामद गरिएको प्रहरीले जनाएको छ। मियाँ भने फरार छन्।घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको छ

काठमाडौं । चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण सफलतापूर्वक भएको छ । जाजरकोट जिल्ला कुशे गाउँपालिका–९ का ४७ वर्षीय भरतविक्रम शाहीको कलेजका चिकित्सकले अठार घण्टा लगाएर शाहीलाई कलेजो प्रत्यारोपण गरिएको हो । कलेजद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कलेजका कार्यकारी निर्देशक प्रताप देवकोटाले शाहीलाई उहाँकी धर्मपत्नी कमलादेवीले ६० प्रतिशत कलेजो प्रदान गर्नुभएको थियो ।

अस्पतालका विषेशज्ञ चिकित्सक सर्जन डा सञ्जयकुमार यादव, डा एकानन्द सिंह, डा जयन्तकुमार शाह, हेपाटोलोजी डा सागर पौडेल, डा वरुण श्रेष्ठ, एनेस्थेसिया डा किरण अधिकारी, डा नवीन यादव, डा सुरेश गौतम, डा वीरेन्द्र राउत, रेडियोलोजिष्ट डा दीपक अधिकारी, डा सुवास ओझासहितका टोली प्रत्यारोपणमा सहभागी हुनुहुन्थ्योे ।

प्रत्यारोपणमा भारतको एपोलो अस्पतालका विषेशज्ञ चिकित्सकको सहभागिता रहेको थियो । कार्यकारी निर्देशक देवकोटाका अनुसार सिरोसिस् अफ लिभरको सी चरणमा पुगेका बिरामीलाई कलेजो प्रत्यारोपण गरिएको हो । काठमाडौँमा कलेजोको जाँच तथा उपचार गराउँदै आउनुभएका शाही दुई साताअघि मात्रै चितवन मेडिकल कलेज आउनुभएको जनाइएको छ । सिरोसिस् अफ लिभरको ‘ए’ ‘बि’ ‘सि’ चरणमध्ये शाही ‘सी’ चरणमा पुगेको जनाउँदै डा यादवले भन्नुभयो,

कलेजलो दाता कमलादेवीको स्वास्थ्यमा सुधारपछि उहाँलाई यही असार २७ गते नै अस्पतालबाट घर पठाइएको छ । शाहीको स्वास्थ्य अवस्था सुधार हुँदै गइरहेको चिकित्सक यादवको भनाइ छ । उहाँले भन्नुभयो, “अहिलेकै गतिमा सुधार भए आगामी साता उहाँलाई समेत घर पठाउन सकिने अवस्था छ ।”

उहाँले अगाडि भन्नुभयो, “दुई देखि तीन महिनामा दुबै जनामा कलेजोको अवस्थामा वृद्धि भएर ९० देखि ९५ प्रतिशत पलाएर आउछ । उहाँहरू दुबै जना सामान्य जीवन बिताउन सक्नुहुन्छ ।”पत्रकार सम्मेलनमा हेपाटोलोजी डा पौडेलले प्रत्यारोपणका क्रममा झण्डैं १३ युनिट रगत खर्च भएको जानकारी दिनुभयो । सो कलेजले दोस्रो प्रत्यारोपण सफल गरेको हो । उहाँले अघिल्लो प्रत्यारोपणमा एक÷दुई युनिट रगतले नै पुगेको बताउनुभयो ।

बिरामी शाहीको कलेजोमा रगत जानै नसक्ने ‘ब्लकेज’ अवस्थामा रहेको जनाउँदै उहाँले भन्नुभयो, “सिरोसिस् भएका १० देखि १५ प्रतिशत बिरामिमा यस्तो समस्या हुन्छ ।” कलेजोको अन्य समस्या भएपछि गरिने प्रत्यारोपणमा भन्दा यस्तो समस्यामा प्रत्यारोपण गराउनु निकै जटिल भएको उहाँको भनाइ छ ।

यस अस्पतालमा हाल दैनिक १५ कलेजोका बिरामी उपचारका लागि आउने गरेको सो अवसरमा जानकारी गराइयो । तीमध्ये १० देखि २० प्रतिशत बिरामीको कलेजो प्रत्यारोपण गर्नुपर्ने देखिने गरेको छ । कलेजले यसअघि काठमाडौँकी धनकुमारी तामाङ्को कलेजो प्रत्यारोपण गरेको थियो ।

 

Related Articles

Back to top button